भाेलिबाट काठमाडौंमा बीवाइडीको ‘एक्स्चेन्ज फेस्ट’, यस्तो हुन्छ ग्राहकलाई फाइदा

काठमाडौं । बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले ‘एक्स्चेन्ज फेस्ट’ सुरु गर्दैछ । भाेलिबाट काठमाडौंको भाटभटेनी नजिक रहेको आम्रपाली ब्याङ्केटमा सुरु हुने कार्यक्रममा पुराना गाडी ल्याएर बीवाइडीका नयाँ गाडीसँग सट्टापट्टा गर्न पाइने छ ।

एक्सचेन्ज मेला काठमाडौं उपत्यकाका ४ शाेरूम लगायत बुटवल, भैरहवा, इटहरी, बिर्तामोड, जनकपुर, वीरगंज, पोखरा, बनेपा, नेपालगन्ज र नारायणघाटमा भने आजबाटै एक्सचेन्ज फेस्ट अयोजना भएकाे छ ।

साइमेक्सले उपभोक्तालाई एक्स्चेन्ज बोनस, लोयल्टी बोनस, फ्रि एशोसरिज र फ्रि चार्जर जडान सुविधा दिने जनाएको छ । कुनै पनि ब्राण्डको पुराना गाडी ल्याएर साट्दा अतिरिक्त मुल्याङ्कन ग्राहकले पाउने छन् । साथै, ब्राण्ड प्रति लोयल ग्राहकलाई लोयल्टी बोनस दिनेछ ।

भोलि बिहिबारदेखि आइतबारसम्म चल्ने एक्स्चेन्ज फेस्टमा कम्पनीको चर्चित मोडल एटो-थ्री, डल्फीन र नयाँ मोडल एम-६ उपलब्ध हुनेछ । कुनैपनि ब्राण्डको पुराना गाडीसँग बीवाइडीका नयाँ गाडी साट्न सकिने कम्पनीले जनाएको छ ।


Back_to_top