कति छन् बीवाइडीसँग इन्जिनियर ?

काठमाडौं । बीवाइडीका संस्थापक तथा अध्यक्ष वाङ चुआनफुले कम्पनीसँग अहिले झण्डै १० लाख कर्मचारी, ११ ठूला अनुषन्धान केन्द्र र १ लाख १० हजार इन्जिनियरहरु रहेको बताएका छन् ।

चाइना सेन्ट्रल टेलिभिजनले आयोजना गरेको पहिलो चाइना इनोभेसन एण्ड टेक्नोलोजी फस्टिभलमा चुआनफुले उक्त कुरा बताएका हुन् । योसँगै बीवाइडी विश्वकै ठूलो आर एण्ड डी भएको अटो निर्माता बनेको उनको दावी थियो ।

बीवाइडीले हरेक अफिस संचालन भएको दिन औषत ३२ वटा प्याटेन्ट दर्ता गरिरहेको उनको दावी थियो । यो उपलब्धीको लागि कम्पनीले सन् २०११ मा रहेको २० हजार इन्जिनियरको संख्याबाट वृद्धि गर्दै १ लाख १० हजार बनाएको हो ।

यही ठूलो संजालको सदुपयोग गर्दै नयाँ-नयाँ मोडल बजारमा ल्याइरहेको बीवाइडी सन् २०२४ मा झण्डै ४२ लाख युनिटभन्दा बढी सवारी साधन उत्पादन र बिक्री गर्न सफल भएको छ ।


Back_to_top