क्रेटा ईभीको पहिलो टिजर सार्वजनिक

काठमाडौं । हुन्डाई मोटर इन्डियाले क्रेटा ईभी बजारमा आउन लागेको संकेत स्वरुप पहिलो टिजर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको पहिलो टिजरमा चार्जर मात्रै देखाइएको छ ।

‘इलेक्ट्रीक इज नाउ क्रेटा’ लेखेर चार्जरसहित पहिलो टिजर बाहिर आएको हो । कम्पनीले आगामी जनवरी १७ अर्थात् माघ ४ गते शुक्रबार भारत मोविलिटी एक्स्पोमा सार्वजनिक हुँदैछ ।

केही घन्टा अगाडि मात्रै हुन्डाईले सार्वजनिक गरेको टिजरमा ‘अ बोल्ड न्यू च्याप्टर इन इलेक्ट्रीक विइङ सुन’ ह्यागलाइनसहित सामाजिक संजालमा पोष्ट गरिएको छ ।

कम्पनीले क्रेटा इलेक्ट्रीकमा रहेका फिचरको विषयमा अहिलेसम्म कम्पनीले आधिकारीक जानकारी दिएको छैन । तथापि, ४५ किलोवाट आवर क्षमताको ब्याट्री र १०० किलोवाट क्षमताको मोटरमा नयाँ क्रेटा आउने अनुमान गरिएको छ ।

अहिले बजारमा उपलब्ध फेसलिफ्ट क्रेटामा आधारित रहने यो मोडल लेटेष्ट फिचरहरुले भरिपूर्ण हुने अनुमान गरिएको छ ।


Back_to_top