काठमाडौं । विश्वको सबैभन्दा सुरक्षीत अत्याधुनिक व्लेड ब्याट्री उत्पादनमा पाएको सफलतापछि चिनियाँ न्यू इनर्जी भेहिकल निर्माता बीवाइडीले नयाँ केमस्ट्री भएको सोडियम आयोन ब्याट्री बनाउने भएको हो ।
कम्पनीले हालै मात्र चीनको जीयान्सु प्रान्तको जुझाउ इकोनोमिक एण्ड टेक्नलोजी डेभलपमेन्ट जोनमा विश्वको सबैभन्दा ठूलो उत्पादन वेस बनाउने सम्झौंता गरेको हो ।
सोडियम आयोन टेक्नलोजीको ब्याट्री उत्पादन गर्नका लागि कम्पनीले हुवाय होल्डीङ् गु्रप अन्तर्गतको फिनड्रिम्स नामक कम्पनीसँग जोयन्ट भेन्चरमा कम्पनी स्थापना गरेको हो ।
विश्वमा बन्ने साना ईभीहरुको लागि उपयुक्त सोडियम आयोन ब्याट्रीको मास प्रोडक्सन यसै वर्षबाट सुरु हुने कम्पनीले जनाएको छ । पहिलो उत्पादन भने बीवाईडीको कम्प्याक्ट ह्याचव्याक कार सिगलमा प्रयोग गरिने पक्का भएको छ ।
सोडियम आयोन ब्याट्री
यो ब्याट्री लिथियम आयोनको तुलनमा कम इनर्जी डेन्सीटी हुन्छ । यसको मूल्य पनि लिथियमको तुलनामा झण्डै आधा सस्तो पर्ने जनाइएको छ । विश्वमा ईभीको उत्पादन बढेसँगै अत्याधिक माग बढेकाले अनुमान गरिए अनुसार लिथिएमको मूल्य घट्न सकेको छैन ।

विभिन्न रिपार्टहरुका अनुसार फस्ट जेनेरेशन सोडियम आयोन ब्याट्रीको मूल्य ७७ डलर प्रतिकिलोवाट आवर पर्छ । त्यसपछि सेकेन्ड जेनेरेशनमा ४० डलरमा बिक्री हुने अनुमान गरहेको छ ।
मूल्यमा सस्तो हुनुको साथै यसका अन्य फाइदा पनि रहेका छन् । सोडियम आयोन लिथिएम व्याट्रीभन्दा सुरक्षीत मानिन्छ । यो ब्याट्रीले धेरै चिसो मौसममा पनि कार्य गर्न सक्छ । यसको ब्याट्री डिस्चार्ज निकै स्लो हुन्छ ।
सजिलै पाइने खनिज पदार्थ नुनबाट पाइने सोडियम वेसमा बन्ने भएकोले यसको उत्पादनमा लिथियमको जस्तो माइनिङ र प्रोसेसिङ गर्न पर्दैन । त्यसले वातावरणीय बिनाससमेत रोक्ने छ ।
फाइदासँगै यसका केही सामान्य वेफाइदा पनि छन् । यो ब्याट्री अन्यको तुलनामा स्लो चार्जिङ हुन्छ । यसमा इनर्जी डेन्सीटी र भोल्टेज समेत कम हुन्छ । जसका कारण सोडियम ब्याट्री भएको ईभीले लिथियमको तुलनामा कम रेन्ज दिन्छ ।


