काठमाडौं । हरेक इलेक्ट्रीक साधन खरिदकर्ताको मनमा एउटै प्रश्न चल्ने गर्छ, यो ईभी कति वर्ष चल्ने हो । नेपालमा आधुनिक इलेक्ट्रीक भेहिकलको सुरुवात नै बीवाइडी इ-सिक्सले गरेको हो ।
सन् २०१७ मा साइमेक्स इंकले पहिलो ईभी मोडल इ-सिक्स आयात गर्दा यति ठूलो गाडी पनि ईभी हुन्छ ? भनेर प्रश्न गर्थे । त्यति वेला हाम्रो बजारमा महिन्द्राको साना मिनी ईभी मात्रै उपलब्ध थियो ।
चीनमा सन् २०१० को मे महिनादेखि ४० वटा ट्याक्सीको रुपमा संचालनमा आएको इ-सिक्स अहिले पनि निरन्तर चलिरहेको छ । विगत १४ वर्षदेखि सफल सर्भिस दिइरहेको ट्याक्सीहरुले १० लाख किलोमिटर यात्रा तय गरिसकेका छन् ।
यस्तोमा नेपालमा पनि सुरुवाती दिनदेखि बीवाइडी इ-सिक्स चढिरहेका मनोज गोयल, प्रदिप कुमार थिके र भवन भट्टको अनुभवलाई हामीले यहाँ उतारेका छौं ।
ठूलो स्पेश र पर्फमेन्सको कारण रोजेँः मनोज गोयल
क्लिन इनर्जी सेक्टरमा धेरै पहिलादेखि सक्रिय मनोज गोयल नयाँ टेक्नोलोजीमा विश्वास भएरै आफुले ईभी चढेको बताउँछन् । मनोज गोयल नेपाली बैकिंङ क्षेत्रको चर्चित नाम हो ।
क्लिन इनर्जीमा लगानी गर्ने उद्देश्यले क्लिन इनर्जी विकास बैंकनै खोलेर काम गरेका गोयललाई इलेक्ट्रीक भेहिलक चढ्न कुनै अड्चन थिएन । उनी बीवाइडीको पहिलो लटको इ-सिक्स खरिद गर्ने ग्राहक मध्येका एक हुन् ।
उनले चढेको इ-सिक्सले ७ वर्ष पूरा गरेको छ । अहिले एनएमबी बैंकका अध्यक्षसमेत रहेका गोयल गाडीको पर्फमेन्सबाट निकै सन्तुष्ट छन् । ठूलो स्पेशियस क्यावीन र एसयूभी जस्तो बल्की डिजाइनसँगै गाडीको पर्फमेन्सले उनलाई सन्तुष्ट बनाएको छ ।
विद्युतीय गाडी चढेर ७ वर्षमा लाखौ रुपैयाँको इन्धन बचाउन सकेकोमा उनी गर्ब गर्छन् । साथै, आफैले इनीसीयसन लिएर हाइड्रोपावरमा लगानी गर्दाको प्रतिफल आज उपभोग गर्दा गौरवान्वीत भएको बताउँछन् ।
विगत ७ वर्षमा पनि इ-सिक्सको ब्याट्रीको पर्फमेन्समा कुनै गिरावट नआएको र रेन्जमा पनि कुनै समस्या नभएको गोयलले बताए ।
हाम्रै इन्धनले लाखौं बचायोः प्रदिप कुमार थिके
नेपाल बिधुत प्राधिकरण तनहुँ हाइड्रो पावरले ७ वर्ष अगाडि २ वटा इ–सिक्स खरिद गरेको थियो । नेपाल बिधुत प्राधिकरण आफैँ क्लिन इनर्जी उत्पादन र बिक्री वितरण गर्ने कम्पनी भएकाले पछिल्लो समय इलेक्ट्रीक भेहिकल संचालनमा जोड दिइरहेको छ ।
प्राधिकरणले ६० भन्दा बढि स्थानमा फास्ट चार्जर स्थापना गरेर ईभीको इकोसिस्टम विकासमा महत्वपूर्ण योगदान गरेको छ । प्राधिकरण इन्जिनीयरिङका प्रवन्ध निर्देशक प्रदिक कुमार थिकेले इ-सिक्स चढिरहेका छन् । लामो यात्रामा चढेर जाँदा पनि कुनै समस्या नपरेको अनुभव उनले सुनाए ।
थिकेका अनुसार क्याविन स्पेश मनग्य भएकाले यात्रा आरामदायी हुने गरेको छ । साथै उनि भन्छन्, ‘आफ्नै उत्पादन बिजुल प्रयोग गरी गाडी चढ्दा लाखौको इन्धन आयात प्रतिस्थापन भएकोले उत्साहित छु ।’
अरु पेट्रोल पम्पमा लाइनमा बस्दा विजेता महसुस हुन्छः भवन भट्ट
भवन भट्ट नेपाल र विदेशमा रहेका नेपालीहरुका बीच चर्चित नाम हो । भट्ट एनआरएनएका पूर्व अध्यक्ष तथा बीबी होल्डीङका अध्यक्ष समेत हुन् । नेपालमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय हवाइ सेवा संचालन गर्ने कार्यमा व्यस्त रहेका भट्ट पनि बीवाइडी इ-सिक्सका सुरुवाती समयका ग्राहक हुन् ।
उनले सन् २०१७ मै २ वटा इ-सिक्स खरिद गरेका थिए । उनलाई सबैभन्दा रमाइलो भने पेट्रोल पम्पमा लामो लाइनमा बसेका अन्य पेट्रोल डिजेलका गाडीहरु देख्दा आफू विजेता भएको महसुस हुने गर्छ ।
निरन्तर विभिन्न देशमा यात्रा गरिरहने भट्ट इ-सिक्समा चढ्दा कुनै किसिमको आवाज नआउने र आफूले सानै भएपनि पृथ्वीलाई जोगाउन योगदान गर्न सकेकोमा हर्षित छन् ।
भट्टका अनुसा बीएमडब्लू तथा मर्सिडिजको जस्तै लग्जरी क्यावीन रहेको उनको अनुभव छ । चार्जिङ स्टेशनको पर्याप्ताले गर्दा कुनै पनि लामो रुटमा यात्रा गर्न पनि समयस्या नभएको उनले सुनाए ।
अझ पछिल्लो समयमा कमर्शियल सेग्मेन्टमा पनि हाइवेहरुमा ठूलो संख्यामा ईभी संचालन भएको देख्दा खुसी लाग्ने गरेको उनको अनुभव रहेको छ । उनका अनुसार सरकारी तवरबाटै नीतिगत सुधार गरेर ईभी संचालनमा कार्ययोजना बनाउनु पर्छ ।