काठमाडौं । टोयोटाको नयाँ एसयूभी ‘बीजेडथ्री एक्स’ चनिमा बुकिङ खुल्ला भएको छ । टोयोटा र जीएसी मिलेर उत्पादन गरेको बीजेडथ्री एक्सको ‘व्लाइण्ड अर्डर’ खुल्ला भएको हो ।
कम्पनीले गाडी नै नहेरी किन्ने ग्राहकको लागि १३ हजार ८०० अमेरिकी डलरदेखि २७ हजार ५०० डलरसम्म मूल्य रहनेगरी यसको प्रि सेल्स सुरु गर्न लागेको हो । कम्पनीले तीन भेरियन्टमा यसलाई बजारमा ल्याउने छ ।
कम्पनीले ४३० एयर प्लस, ५२० प्रो प्लस तथा ६२० म्याक्स गरी ३ भेरियन्ट बजारमा ल्याएको हो । टोयोटाले आगामी वर्षको मार्चमा मात्रै अहिले बुकिङ गर्ने ग्राहकलाई बीजेडथ्री एक्स दिने जनाएको छ ।
टोयोटा र जीएसी मिलेर बनाएको प्योर इलेक्ट्रीक क्रसओभर एसयूभी ‘एस्थेटिक डिजाइन ल्याङ्वेज’मा बनेको हो । यसमा स्प्लीट हेडलाइट, हिडन डोर ह्याण्डल, १.१४ स्क्वायर मिटरको पानारोमिक सनरुफ, व्ल्याक मिरर, साइड स्कर्ट र ह्वीलआर्क दिइएको छ ।
यसको फ्रन्टमा ११२ एलइडी प्रयोग भएको ‘स्लेन्डर क्रिस्टल लाइट’, एलइडी डे टाइम रनिङ लाइट पाउन सकिन्छ । बीजेडथ्री एक्सको लम्बाइ ४६०० एमएम, चौडाइ १८७५ एमएम र उचाइ १६४५ एमएम छ । यसमा ह्वील वेस भने २७६५ एमएम लामो छ ।
नयाँ क्रसओभर मोडलमा एनभिडिया ड्राइभ एजीएक्स ओरिन एक्स चीप प्रयोग भएको छ । साथै, मोमेन्टा ५.० एड्भान्स ड्राइभिङ असिस्ट सिस्टम पाउन सकिन्छ । यसमा २७ वटा सेन्सर, ११ वटा हाइ डेफिनेसन क्यामरा, १२ वटा अल्ट्रा सोनिक राडार, ३ मिलिमिटर वेभ राडार र लाइडार जस्ता इक्युपमेन्ट सुरक्षाको लागि प्रयोग भएको छ ।
यसको सुरक्षा प्रविधिमा स्पीड लिमिट असिस्ट, ट्राफिक लाइट असिस्ट, रिमोर्ट पार्किङ तथा व्लाइण्ड स्पट मनिटरिङ जस्ता २५ प्रकारका फिचर एडास भित्र उपलब्ध छन् ।

इन्टेरियरमा टु स्पोकको मल्टिफङ्सनल स्टेरिङ ह्वील, ८.८ इन्चको एलसीडी इन्स्ट्रुमेन्टल प्यानल, क्वालकम स्न्याप ड्रागन ८१५५ चीप भएको १४.६ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्कृन पाउन सकिन्छ ।
गाडीमा वायरलेस मोवाइल चार्जर, ३२ कलरको एम्बीयन्ट लाइट, ७ वटा एयरव्याग, यामाहाको अडियो सिस्टम, ११ वटा स्पीकर, फोल्डेवल आर्मरेष्ट उपलब्ध हुनेछ ।
टोयोटाले यसमा ५०.३ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक दिएको छ । यो सुरुवाती ब्याट्री साइज हुनेछ । थप दुई साइजका ठूला ब्याट्रीको बारेमा भने कुनै जानकारी बाहिर आएको छैन ।
कम्पनीले बीजेडथ्री एक्समा दिएको ब्याट्री २४ मिनेटमा ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने छ ।

