इन्जिन बनाउनभन्दा ब्याट्री फेर्न सस्तो पर्ने !

काठमाडौं । न्यू इनर्जी भेहिकलको बढ्दो प्रयोगसँगै भविष्यमा त्यसले सृजना गर्ने दायित्वको विषयमा चर्चा हुने गरेको पाइन्छ । कति दायित्व सृजना हुन्छ भन्ने एकिन नहुँदा धेरै मानिस ईभीमा जान हिचकिचाउँदै आएका छन् ।

गोल्डम्यान स्याकले ल्याएको रिपोर्ट अनुसार सन् २०३० बाट इन्जिन फेर्न लाग्ने शुल्कभन्दा कममा ब्याट्री फेर्न सकिने उल्लेख गरेको छ । रिपोर्टमा पछिल्ला तीन वर्षमा निरन्तर घट्दै आधा मूल्यमा ब्याट्री पाउन थालिएको उल्लेख छ ।

गोल्डम्यानको दावी अनुसार सन् २०२६ सम्ममा ब्याट्रीको मूल्य प्रतिकिलोवाट आवर ८० डलरमा झर्ने छ । यही क्रमले निरन्तरता पाए विश्व बजारमा हाइ भोल्टेज ब्याट्री ३२ डलर प्रतिकिलोवाट आवरमा आउने छ । त्यतिबेला एउटा गाडीको इन्जिन फेर्नभन्दा कम खर्च ब्याट्री परिवर्तनमा लाग्ने रिपोर्टले दावी गरेको हो ।

अहिल्यै सर्भिसिङ र स्पेयर पार्टसमा हुने खर्च विद्युतीय साधनमा कम नै रहेको छ । त्यसमाथि इन्धन खर्चमा बचत र ब्याट्री फेर्दा पनि कम खर्च लाग्ने प्रक्षेपणले ईभीको बिक्रीलाई थप टेवा दिने विश्वास लिइएको छ ।


Back_to_top