काठमाडौं । नेपालकै अटो हब नक्सालमा सवारी साधनसम्बन्धी विभिन्न सेवा एकै थालोमा उपलब्ध गराउने उद्देश्यले ‘सी-कार’ सञ्चालनमा आएको छ । बिहीबार एक कार्यक्रमका बीच महानायक राजेश हमालले सी-कारको शुभारम्भ गरेका हुन् ।
सी-कारमा नयाँ तथा सेकेन्ड ह्याण्ड गाडीको सोरुम, एस्सेसरिज पसल, चार्जिङ स्टेसन र क्याफेलगायत विभिन्न सुविधा एकै स्थानमा उपलब्ध भएको सी-कारका संस्थापक रोशन घिमिरेले बताए ।
महानायक हमालले सवारी साधन सम्बन्धी एकै थलोमा विभिन्न सेवा उपलब्ध हुनुले ग्राहकको समय र खर्च दुवै बचत हुने भएकाले लाभदायी भएको प्रतिक्रिया दिए ।
कम्पनीका अनुसार पछिल्लो समय विद्युतीय सवारीमा अत्यधिक रुचाइएको बीवाइडीको नयाँ शोरुमले ग्राहकलाई सहज हुनेछ । साथै सी-कारमा विभिन्न ब्राण्डका सेकेण्ड ह्याण्ड सवारी साधन पनि उपलब्ध हुनेछन् । ग्राहकले सेसेकेण्ड ह्याण्ड सवारी खरिद गर्नुका साथै एक्सचेञ्जका पनि सुविधा पाउनेछन् ।
कम्पनीले सवारी खरिदबिक्रीका साथै सी-कार परिसरमा चार्जिङ स्टेसन पनि सञ्चालनमा ल्याएको छ । जहाँ एकै साथ धेरै विद्युतीय सवारी चार्ज गर्न सकिनेछ ।
कम्पनीले यसका लागि द्रुत गतिमा चार्ज हुने सुविधा ल्याएको छ । ग्राहकले सी-कार परिसरमै रहेको इटालियन रेस्टुरेन्टको मज्जा लिन सक्नेछन् । त्यति मात्रै होइन, सी-कारमा सवारी साधनका स्पेयर पार्टस पनि सुलभ मूल्यमै उपलब्ध हुनेछन् ।
कम्पनीले ग्राहकलाई अधिकतम सेवा दिने उद्देश्यले सेकेण्ड ह्याण्ड सवारी बिक्री गरेको तीन महिनासम्मको प्राविधिक रूपमा सम्पूर्ण जिम्मेवारी लिनेछन् । ‘ग्राहकहरू अहिले सेकेण्ड ह्याण्ड सवारी खरिद गर्दा ढुक्क हुने अवस्था छैन, त्यसैले हामीले तीन महिनाका लागि प्राविधिक रूपमा कुनै समस्या आए समाधानको जिम्मेवारी लिने गरी अफर ल्याएका छौँ,’ घिमिरेले भने ।
साथै कम्पनीले ग्राहकलाई अझ बढी सेवा दिने उद्देश्यले बिलबुक निःशुल्क नवीकरण सुविधा पनि ल्याएको छ । सी-कारमार्फत सवारीको बीमा गर्नेले बिलबुक नवीकरणको पनि सुविधा पाउनेछन् । जसका लागि उनीहरूले कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।
कम्पनीले ग्राहकहरूलाई सहज सेवा दिने उद्देश्यले सदस्यता योजना पनि ल्याएको छ । विभिन्न वर्गीकरणका सदस्यता योजनामा सी-कारमा उपलब्ध कुनै पनि सेवा उपयोग गर्दा निश्चित प्वाइन्ट प्राप्त हुन्छ भने विभिन्न सेवामा आकर्षक छुट पनि पाउने कम्पनीको भनाइ छ ।
४ रोपनी क्षेत्रमा फैलिएको सि कारमा करिब ५० जनाले रोजगारी पाएका छन् ।


