क्यानका महानिर्देशक प्रदीप अधिकारी पक्राउ

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार अधिकारीलाई पक्राउ गरेको हो ।

उनलाई भक्तपुरको नलिञ्चोकमा ३२ रोपनी जग्गामा हेलिप्याड निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा अनुसन्धान गर्न पक्राउ गरिएको अख्तियार स्राेतले बतायो ।

उनलाई थुनामा राख्न म्याद थपका लागि विशेष अदालत लगिएको छ ।

साथै, अख्तियारले उनी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी समेत गरेको छ ।


Back_to_top