काठमाडौं । स्वडेनको कम्पनीले नौलो डिजाइनको इलेक्ट्रीक डर्ट मोटरसाइकल अटो एक्स्पो २०२३ मा प्रदर्शन गरेको थियो । स्वीडिस कम्पनीले केक ब्रान्डको इलेक्ट्रीक साइकल तथा डर्ट मोटरसाइकल प्रदर्शन गरेको हो ।
कम्पनीले सार्वजनिक गरेको डर्ट मोटरसाइकल यूनिक डिजाइनमा देख्न सकिन्छ । केक ब्राण्डका मोटरसाइकल तथा साइकल यूरोप तथा अमेरिकी बजारमा यस अघिदेखि नै विक्री हुँदै आएको छ ।
भारतमा सम्पन्न अटो एक्स्पो २०२३ मा कम्पनीले केक ‘कल्क वर्क’ मोडलको डर्ट मोटरसाइकल देखाएको थियो । कम्पनीले प्रदर्शन गरेको कल्क वर्क एमदमै कम कम्पोनेन्ट प्रयोग भएको डर्ट बाइक हो ।
केक कल्क वर्कमा ५० एम्पियर आवरको प्रिमियम लिथियम ब्याट्री रहेको छ । यो ब्याट्री रिमुभ गरेर चार्ज सकिने सुबिधा रहेको छ । यो ब्याट्रीलाई एक पटक फुलचार्ज गर्न ३ घन्टा समय लाग्छ । सिंगल चार्जमा भने ८५ किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

यो मोटरसाइकलमा ११ किलोवाट पिक पावर क्षमताको मोटर जडान गरिएको छ । यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा भन्दा धेरै छ । डर्ट बाइकलाई अन रोड तथा एक्स्ट्रीम अफरोड दुबै स्थानमा चलाउन सकिने कम्पनीको दावी छ ।
भारतको ग्रेटर नोयोडामा हालै सम्पन्न अटो एक्स्पोमा सार्वजनिक भएको यो मोटरसाइकलको मूल्यको बारेमा भने कम्पनीले कुनै जानकारी दिएको छैन ।
स्वीडिस कम्पनीले भारतीय बजारमा प्रवेश गर्ने उद्देश्यले नै अटो एक्स्पोमा भाग लिएको अनुमान भने गर्न सकिन्छ । तर, कम्पनीले भारतमा आफ्नो उत्पादन विक्री गर्ने वा नगर्ने विषयमा केही बताएको छैन ।
यूरोपमा विक्री हुँदै आएको केक कल्क वर्कको मूल्य भने १३ हजार ८६० डलर रहेको छ । जुन भारतीय र नेपाली बजारको लागि पत्याउनै मुस्किल पर्ने मूल्य हो ।

