काठमाडौं । ललितपुरको लुभु क्षेत्रमा आएको बाढीले खोला नजिकै रहेको ठुलो एसयुभी गाडी नै बगाएको छ । उपत्यका भित्रनै यति ठूलो भेल आएर गाडी बगाएको धेरैलाई नौलो लाग्न सक्छ ।
देश भर भइरहेको अबिरल वर्षाले बिभिन्न ठाँउमा डुवान, कटान र पहिरो गइरहेको छ । देशका बिभिन्न भागमा सडक यातायात अबरुद्ध भइरहेको छ भने उपत्यकाको भक्तपुर र ललितपुरका केही भूभाग डुवानमा परेका छन् ।
अधिल्लो महिना भक्तपुरको ठूलो क्षेत्र डुवान परेको थियो भने अहिले पनि शो क्षेत्रमा डुवानको समस्या रहेको छ । यस्तोमा मानव जिवनको साथै सम्पत्तिको सुरक्षणमा ध्यान पुर्याउन आवस्यक छ ।
तस्विर तथा भिडियो सामाजिक संजालबाट


