एलसी खोल्दा राख्नुपर्ने नगद मार्जिन पुनरावलोकन हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातका लागि प्रतीतपत्र (एलसी) खोल्दा राख्नुपर्ने नगद मार्जिनलाई पुनरावलोकन गर्ने भएको छ ।

राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै केही वस्तुहरुको आयातको लागि प्रतीतपत्र खोल्दा नगद मार्जिन राख्नुपर्ने विद्यमान व्यवस्थालाई क्रमिक रुपमा पुनरावलोकन गर्दै लैजाने जनाएको हो ।

हाल एलसी खोल्दा वस्तुअनुसार ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था छ । ७ महिनाका लागि आयात धान्ने विदेशी मुद्रा संचिति भएपछि आयातमा लगाइएका केही बन्देज खुकुलो बनाउँदै लगिने राष्ट्र बैंकले जनाएको छ ।

सरकारले गाडी, १५०सीसीभन्दा माथिका मोटरसाइलकल लगायत १० वस्तु आयातमा भदौ १४ सम्म प्रतिबन्ध लगाएकाे छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाले वस्तु आयातका लागि ड्राफ्ट, टीटी जारी गर्दा वा प्रतित पत्र खोल्दा सम्बन्धित वस्तुको अन्तर्राष्ट्रिय बजार मूल्य र प्रोफर्मा मूल्यबीच विश्लेषण गरेर मात्र जारी गर्ने/खोल्नु पर्ने व्यवस्था गरेको छ ।


Back_to_top