मोटरसाइकल र स्कुटर किन्नेलाई यस्तो छ सबै कम्पनीको नगद छुट

काठमाडौं । बिभिन्न कम्पनीले ल्याएको अफर अनुसार नगदमा मोटरसाइकल तथा स्कुटर किन्नेहरुले राम्रो पाइदा लिन सक्ने अवस्था रहेको छ । अहिले बजारमा बिक्री वितरण भइरहेका मोटरसाइकलमा दिइएको नगद छुट निकै आकर्षक रहेको छ ।

नगद छुटमा सुजुकी मोटरसाइकलको आधिकारीक वितरक भिजी सुजुकीले सबैभन्दा राम्रो छुटको अफर गरेको छ । सुजुकीको मोटरसाइकल किन्दा फाइनान्स गर्ने र एक्सचेन्ज गर्नेले पनि यो सुविधा पाउने छन् । कम्पनीले हरेका सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १५ हजार नगद छुट दिने घोषणा गरेको छ ।

सर्वाधिक धेरै मोटरसाइकल बिक्री गर्ने कम्पनी बजाजले पनि आफ्नो मोटरसाइकल खरिद गर्दा राम्रो नगद छुटको व्यवस्था गरेको छ । बजाजको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ल्याएको अफरमा १२ हजार नगद छुट दिने छ । कम्पनीले नगद बाहेकपनि मासिक किस्तामा किन्नेलाई पनि यो छुट प्रदान गर्ने जनाएको छ । तर, यस्ता सबै किस्तामा मोटरसाइकल किन्ने ग्राहकले भने यो सुविधा पाउने छैनन् ।

यामाहाले पनि नगद १० हजार रुपैयाँ छुट दिने जनाएको छ । मोरङ्ग अटो वर्कले ल्याएको यो सुविधा नगदमा मोटरसाइकल किन्नेले मात्रै पाउने छन् । त्यसैगरि टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले मोटरसाइकल किन्नेलाई १० हजार र स्कुटर किन्नेलाई १२ हजार नगद छुटको स्कीम ल्याएको छ । यो छुट मोटरसाइकलको पुरै पैसा तिरेर किन्ने ग्राहकले मात्रै पाउने छन् ।

हिरो र होन्डाले मोटरसाइकल किन्ने ग्राहकलाई नगद छुटको कुनै अफर गरेको छैन भने बेनेलीले आफ्ना मोटरसाइकल किन्ने ग्राहकलाई ८ हजार नगद छुट दिने अफर ल्याएको छ ।

कायो डर्ट मोटरसाइकलको बिक्रेता शुवानी इन्टरनेशनलले ५० हजार नगद छुट अफर गरेको छ । कम्पनीले आफ्नो डर्ट मोटरसाइकल के–६ मा उक्त अफर गरेको हो ।

इटालियन स्कुटर निर्माता भेष्पा तथा अप्रिलियाको स्कुटरमा नगद ५ हजार रुपैयाँ छुट रहेको बिक्रेता कम्पनी बिबेक अटोमोवाइल्सले जनाएको छ । त्यस्तै मोटरहेडका उत्पादनमा २० हजारसम्म नगद छुट पाइने छ ।


Back_to_top