सीएटीएलले बनायो नयाँ लिथियम मेटल ब्याट्री, ईभीमा गेमचेन्जर बन्ने

काठमाडौं । विश्वको सबैभन्दा ठूलो हाइभोल्टेज ब्याट्री उत्पादक कन्टेम्प्रोरी एम्पेरेक्स टेक्नलोजी (सीएटीएल) ले लिथिएम मेटल ब्याट्रीको परीक्षणमा सफलता पाएको जनाएको छ ।

यो नयाँ प्रविधिको ब्याट्रीमा इनर्जी डेन्सिटी बढ्नुको साथै प्रयोग गर्ने लाइफ समेत बढ्ने कम्पनीले दाबी गरेको हो ।

सीएटीएलका अनुसार नयाँ ब्याट्रीको प्रोटोटाइपको इनर्जी डेन्सिटी ५०० वाटआवर प्रतिकेजीसम्मको रहेको छ । अहिले प्रयोग भइरहेको लिथियम आयोनको इनर्जी डेन्सिटी २०० देखि ३०० वाटआवर प्रतिकेजीसम्म रहेको छ ।

यसको चार्जिङ साइकल समेत ३००० पटक चार्ज डिस्चार्ज रहेको र ३ हजार पटकपछि पनि ८० प्रतिशत ओरिजिनल क्यापासिटी कायम रहेको कम्पनीले जनाएको छ । सीएटीएलले सन् २०२४ मा ब्याट्रीको रिसर्च एण्ड डेभलपमेन्टमा २.५९ अर्ब डलर लगानी गरेको थियो ।

पछिल्लो समय चर्चामा रहेको सोलिड स्टेट ब्याट्री र लिथियमा मेटल ब्याट्रीको रिसर्च अन्तर सम्बधित रहेको छ । दुवैका लक्ष्य भनेको ब्याट्रीको इनर्जी डेन्सिटी धेरै बनाउने, सेलको सुरक्षाका साथै प्रयोग गर्न सकिने आयु बढाउने रहेको छ ।

परीक्षण सफल भएको लिथियम लिथियम मेटल ब्याट्री विद्युतीय सवारीमा ‘गेमचेन्जर’ समेत बन्न सक्ने आकलन भइरहेको छ ।


Back_to_top