टीभीएसको मोटरसाइकल र स्कुटर किन्दा लाइफ टाइम रोड ट्याक्स तिर्न नपर्ने

काठमाडौं । टीभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा लाइफ टाइम सडक कर तिर्न नपर्ने अवसर पाइने भएको छ ।

नेपालका लागि टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ‘टीभीएसको मित्र, कर बिनाको यात्रा’ मूल नारासहित ल्याएको ‘प्लान्टेसन रोड कर लाइफटाइम छुट’ नामक अफरमा यस्तो सुविधा पाइने भएको हो ।

कम्पनीका अनुसार यस अफर अन्तर्गत कुनै पनि व्यक्तिले सार्वजनिक ठाउँमा एउटा विरुवा रोप्नु पर्नेछ । उक्त विरुवा रोपेको फोटो आफ्नो फेसबुकमा पोष्ट गरी (#tvstaxfree ) टीभीएस नेपाललाई ट्याग गर्नुपर्नेछ ।

त्यसो गर्ने मध्येबाट भाग्यमानी १० जनाले टीभीएसको नयाँ मोटरसाइकल र स्कुटर खरिद गर्दा लाइफ टाइम रोड ट्याक्स फ्री पाउने कम्पनीले जनाएको छ ।

टीभीएसको जुनसुकै मोटरसाइकल तथा स्कुटर खरिदमा पनि उक्त अफर लागू हुनेछ । यसमा केही सर्तहरू भने लागू हुने कम्पनीले जनाएको छ ।


Back_to_top