काठमाडौं । सीएटीएलको ‘स्केड बोर्ड प्लेटफर्म’मा तयार पारेको नयाँ टेक्नोलोजीको ब्याट्रीमा नेटाले सेडान कार ल्याउने भएको छ । नयाँ कारले सिंगल चार्जमा एक हजार किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ ।
विश्वकै सबैभन्दा ठूलो हाइभोल्टेज ब्याट्री उत्पादक कम्पनी सीएटीएलले आफ्नै नयाँ स्केट बोर्ड प्लेटफर्मको परिक्षण पुरा भएको घोषणा गर्दै २०२४ भित्रै उक्त ब्याट्रीको प्रयोग कारमा हुने घोषणा गरेको हो ।
‘हाम्रो उत्पादनले सिंगल चार्जमा एक हजार किलोमिटर रेन्ज प्रदान गर्छ । त्यसले हरेक १०० किलोमिटर यात्रामा १०.५ किलोवाट आवर मात्रै इनर्जी खपत गर्छ । साथै, चार्जिङ पनि निकै तिब्र गतिमा हुन्छ । जम्मा ५ मिनेटको चार्जमा ३०० किलोमिटरको रेन्ज टपअप गर्न सकिने छ’, कम्पनीले नयाँ ब्याट्री बारेमा जानकारी दिएको छ ।
‘सीएटीएल इन्ट्रीग्रेटेड इन्टेलिजेन्ट च्यासीस (सीआईआईसी) स्केट बोर्डमा ब्याट्री, इलेक्ट्रीक मोटर्स सबै एउटै प्लेटफर्ममा इन्ट्रीग्रेट रहने छ । त्यसले ईभी उत्पादनमा लागत कम हुनुका साथै सवारीको तौल घट्नेछ ।
नेटाको सेडान कारमा प्रयोग गर्न लागिएको हाइभोल्टेज र लोभोल्टेज सिस्टम, स्टेरिङ र ब्रेकिङ सिस्टम, च्यासिस डोमेन कन्ट्रोलर र सेल टु च्यासिस टेक्नोलोजी समेत रहेको छ ।


