काठमाडौं । विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ १० मिनेट चार्ज गर्दा ४०० किलोमिटर चलाउन मिल्ने ब्याट्री ल्याएको छ । कम्पनीले केही दिन अघि मात्रै बजारमा ल्याउने घोषणा गरेको फास्ट चार्जिङ ब्याट्री सार्वजनिक गरेको हो ।
कम्पनीले ‘फोर सी‘ सुपर फास्ट चार्जर पद्दतीमा बनाएको यो पहिलो ‘एलएफपी’ ब्याट्री हो । चिनियाँ ब्याट्री जाइन्ट सिएटीएलसँग अहिले पनि झण्डै ४२ प्रतिशत बजार हिस्सा रहेको छ ।

कम्पनीले नयाँ ब्याट्रीको नाम ‘फोर सी’ राख्नुको मुख्य कारण यसलाई एक घन्टाको एक चौथाई समय (१५ मिनेट) मा चार्ज गर्न सकिन्छ भन्ने हो । यो ब्याट्री उच्च पावर डेन्सीटीको साथै माइनस १० डिग्री चिसोमा पनि उच्च पफर्मेन्स गर्न सक्ने किसिमको छ ।
‘सेन्सीङ’ नाम दिइएको यो ब्याट्रीले सिंगल चार्जमा ७०० किलोमिटरसम्म रेन्ज दिने छ । कम्पनीले यसको ब्यवसायीक उत्पादन २०२४ को पहिलो क्वाटरबाट बिक्री सुरु गर्ने भएको छ ।
सिएटीएलले उत्पादन गरेको ब्याट्री अहिले टेस्लादेखि फोर्ड मोटर्ससम्मले प्रयोग गर्दै आएका छन् । नयाँ फोर सी ब्याट्री भने जिलीको स्वामित्वमा रहेको जिकर ब्राण्डले सुरुमा प्रयोग गर्नेछ ।

