होन्डा हाइनेस सिबी ३५० चाँडै विक्री सुरु हुँदै, कम्पनीले जारी गर्‍यो विज्ञप्ती

सन् २०२० हाइनेस सिबी ३५०

काठमाडौं । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रालिले बहु प्रतिक्षित होन्डा हाइनेस सिबी ३५० डिलक्स चाँडै नेपाली बजारमा विक्री सुरु गर्ने भएको छ । कम्पनीले आज एक विज्ञप्ती जारी गर्दै नयाँ मोडल सार्वजनिक गर्ने घोषणा गरेको हो ।

आकर्षक रेट्रो लुक्स चाहने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण हाइनेस सिबी ३५० विभिन्न तीन कलरमा उपलब्ध हुने स्याकार ट्रेडिङले जनाएको छ ।

सिबी ३५० मा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू इम्पीटी सूचित गर्ने डिजिटल कन्सोल, रिङ्ग टाइप विंकर सहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड स्लीपर क्लच, डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता विशेषता यो मोटरसाइकलमा पाउन सकिन्छ ।

कम्पनीले यसलाई निषेधाज्ञा सकिएपछि बजारमा उतार्ने छ । यो मोटरसाइकलले रोयल इन्फिल्ड र जावाका उत्पादनसँग प्रतिस्पर्धा गर्ने छ । स्याकार ट्रेडिङले यसको मूल्य भने खुलाएको छैन ।


Back_to_top