दिगो इ८ कारको मूल्य घट्याे, तत्कालै डेलिभरी पाइने

काठमाडौं । विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी
साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको जनाएको हो ।

सरकारले विद्युतीय कारको कर घटाएसँगै स्टकमा रहेका इ८ कारको मूल्य २१ लाख ९४ हजार ५०० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

दीगो इ८ को पहिलो लट विक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको जनाउँदै सरकारले विद्युतीय सवारी साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको हो ।

दीगो इ८ सानो ह्याचव्याक कार हो । यस कारमा १५.२ किलोवाट आवरको लिथिअम ब्याट्री जडित छ । यसको मोटर क्षमता १५ किलोवाट छ । एकपटकको चार्जले सामान्य संचालन अवस्था मा १५० किलोमिटरसम्म यसलाई चलाउन सकिन्छ । यो कारलाई घरको सामान्य चार्जिङ प्लग जोडेर पाँच घन्टामा पूर्ण रुपमा सजिलै चार्ज गर्न सकिन्छ ।


Back_to_top