मारुती सेलेरियोलाई हुन्डाई सेन्ट्रोको कडा टक्कर, यस्तो छ बिक्री तथ्यांक

इन्ट्रिलेवल कार मार्केटमा दबदबा कायम गरेको मारुती सुजुकीलाई हुन्डाईले नयाँ सेन्ट्रो मार्फत केही चुनौति पेश गरेको छ । वितगमा राम्रो छाप बनाएको सेन्ट्रो भारतीय बजारमा नयाँ अवतार सहित पुनः प्रवेश गरेको हो । 

हुन्डाईले इओन र ग्रान्ड आइटेनको बीचमा नयाँ सेन्ट्रो मूल्य निर्धारण गरेर त्यो बीचको उपभोक्ता आकर्षित गरेको हो । 

हुन्डाईले २०१९ को अप्रिलमा ६ हजार ९ सय ६ वटा सेन्ट्रो भारतीय बजारमा बिक्री गरेको हो । अप्रिलमा मारुतीको समग्रमा १९.६ प्रतिशत बिक्र घट्दा हुन्डाईको बिक्री गिरावट १० प्रतिशत रहेको छ । 

२०१९ को अप्रिलमा हुन्डाईले ६ हजार ९ सय ६ वटा सेन्ट्रो बिक्री गर्दा मारुती सुजुकीको सेलेरियो ६ हजार ६ सय ६८ वटा बिक्री भएको छ । त्यस्तै यही सेगमेन्टको रेनो क्वीड गत महिना ५ हजार ३ सय ३६ वटा बिकेको छ । अप्रिलमा टाटाको टियागो ५ हजार ३ सय ९ वटा बिक्री भएको छ । 

हुन्डाई सेन्ट्रोले आगामी महिनाहरुमा पनि बिक्री रेकर्ड कायम गर्दै जाने अनुमान गरिएको छ । हुन्डाईको अल न्यू सेन्ट्रो नेपाली बजारमा फेब्रुअरी १४ मा सार्वजनिक भएको थियो । 


Back_to_top