जीएसी ‘एवोन’ इलेक्ट्रीक ब्राण्ड नेपाल आउने

काठमाडौं । ग्वान्झाओ अटोमोवाइल कर्पोरेशन अन्तर्गतको एवोन इलेक्ट्रीक ब्राण्ड नेपाल आउने भएको छ । सिजी मोटर्सले यसलाई नेपाल ल्याउन लागेको हो ।

जीएसी चीनको ठूलो कार निर्माता मध्येको एक ब्राण्ड हो । कम्पनीले चीनमा जापानी ब्राण्ड होन्डाका कार उत्पादन र बिक्री वितरण गर्दै आएको छ । साथै जीएसी ब्राण्डमा आफ्नै सवारीसाधन उत्पादन गर्दै आएको कम्पनीले एवोन नामबाट इलेक्ट्रीक सवारीसाधन उत्पादन गर्दै आएको छ ।

कम्पनीले  सिजी मोटर्सलाई आधिकारीक बिक्रेता नियुक्त गरेर एवोनका इलेक्ट्रीक साधन चाँडै नेपाल ल्याउन लागेकाे हाे । सन् २०२३ सुरु भएसँगै एवोनको बिक्रीमा उछाल आएको छ । अहिले चीनमा एवोन ब्राण्डका इलेक्ट्रीक साधन बीवाइडी र टेस्लापछि सबैभन्दा धेरै बिक्री हुनेमा पर्छ ।

‘चीनको सफल ब्राण्ड एवोन नेपाल आउने भएकाे छ । कुन मितिमा यसलाई नेपालमा बिक्री सुरु गर्ने भन्ने विषय निर्क्याैल भइसकेकाे छैन’, कम्पनी स्रोतले भन्यो ।

जीएसी एवोनले उत्पादन गरेको एवोन एलएक्स र एवोन एस मोडल सुरुमै नेपाल आउने छन् । एवोन एलएक्स एसयूभी हो भने एस प्रिमियम सेडान कार हो ।


Back_to_top