यस्तो छ ‘जी ईभी’ले नेपाल ल्याउने प्रिमियम इलेक्ट्रीक एसयूभी इटी-५

काठमाडौं । विद्युतीय सवारीसाधन एकपछि अर्को ब्राण्ड नेपाल आउने क्रममा ‘स्काइवेल’ ब्राण्डले नेपाल प्रबेश गरेको छ । जी ईभी कम्पनीले नेपाल ल्याएको स्काइवेलको इलेक्ट्रीक एसयूभी नेपाल ल्याउने घोषणा गर्न लागेको हो ।

स्काइवेल ग्रुपसँग कमर्शियल र प्यासेन्जर भेहिकलमा धेरै रेन्ज उत्पादन गर्नै क्षमता रहेको छ । यो ग्रुपको प्रमुख व्यवसायमा न्यू इनर्जी प्यासेन्जर भेहिकल, ठूला र मझौला साइजका बसहरु, लजिस्टीक भेहिकल र स्पेशल पर्पोज भेहिकल उत्पादन रहेको छ ।

चीनको जीयांसु प्रान्तमा सन् २०१७ मा स्थापना भएको स्काइवेल इलोक्ट्रोनीक्स कम्पनी स्काइवर्थ समूहले स्थापना गरेको कम्पनी हो ।

कमर्शियल भेहिकल उत्पादन क्षेत्रमा सफलता पाएको यो कम्पनीले सन् २०१७ बाटै पहिलो इलेक्ट्रीक कार उत्पादन र विकासमा काम सुरु गरेको थियो । सन् २०२० को अक्टोबरमा मिड साइज एसयूभी ईटी-५ बजारमा ल्यायो ।

स्काइवेल ब्राण्डका ईभीहरु जर्मनी, इजरायल, टर्की र रसियामा अहिले बिक्री भइरहेको छ । क्लोज फ्रन्ट फेसिया रेहेको यो एसयूभीमा आकर्षक एलइडी डीआरएल लाइटसहित एलइडी हेडलाइट दिइएको छ ।

रियरमा कनेक्टेड व्याक लाइट र १९ इन्चको अलोय ह्वीलले यो एसयूभी स्पोर्टी देखिएको छ । सन् २०२२ मा स्काइवेलले इटी-५ को फेसलिफ्ट भर्सन लन्च गरेको थियो । हो त्यही मोडल जी ईभीले नेपाल ल्याउन लागेको हो ।

फेसलिफ्ट इटी-५मा ८५.९७ किलोवाट आवरको हाइडेन्सीटी लिथिएम टर्नरी थर्मोस्ट्याटीक पावर ब्याट्रीप्याक रहेको छ । यसले एक पटकको फुलचार्जमा ६४२ किलोमिटर रेन्ज दिने डब्लुएलटीपी परिक्षणले देखाएको छ ।

यसमा रहेको ब्याट्रीलाई १०० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ३८ मिनेटमै २० बाट ७० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो एसयूभीमा भेहिकल टु लोडको सुविधा छ, जसले २२० भोल्टमा ३ किलोवाटसम्मको इलेक्ट्रोटिक्स मेसिन चलाउन गर्न सकिन्छ ।

जी ईभीले नेपाल ल्याउने एसयूभीमा १५० किलोवाटको इलेक्ट्रीक मोटर छ, जसले २०४ हर्सपावर तथा ३२० न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो एसयूभी जम्मा ७.९ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा दौडन सक्छ ।

अत्याधुनिक डिजाइनमा बनेको यसको इन्टेरियरमा धेरै फिचरहरु पाउन सकिन्छ । फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लष्टर र ठूलो साइजको इन्फोटेन्मेन्ट स्कृनले यसको क्यावीन प्रिमियम देखिन्छ ।

सिक्सवे इलेक्ट्रीक एड्जस्टेवल ड्राइभर सिट, डिउल टोन कलरको ड्यासबोड, लेदरेट सिटकभर, हिटेड एण्ड भेन्टीलेटेड फ्रन्ट सीट, प्यानारोमिक ग्लासरुफ, पावर टेलगेट, एडप्टीभ क्रुज कन्ट्रोल, अटोमेटीक एसी, रियर एसी भेन्ट, थ्री स्पोक मल्टिफङ्सनल स्टेरिङ ह्वील, १२८ कलरको एम्वीयन्ट लाइट, इन्ट्री गे्रटेड स्मार्ट ड्राइभिङ असिस्ट सिस्टम जस्ता फिचर छन् ।

यो एसयूभीको लम्बाई ४७२० एमएम, चौडाई १९०८ एमएम र उचाई १६९६ एमएम छ । यसमा ह्वीलवेस भने २८०० एमएमको पाउन सकिन्छ ।

सुरक्षाको लागि इटी-५मा ३६० डिग्री क्यामरा, एयरब्याग, ब्लाइण्डस्पट मनिटरिङ, इबीडी, लेन डिपार्चर वार्निङ, प्रडिस्टेरियन एयरव्याग, एबीएस, इबीए, इएसबी, हिल असिस्ट, फ्रन्ट तथा रियर पार्किङ सेन्सर, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर छन् ।


Back_to_top