काठमाडौं । जी ईभीको नामक कम्पनीले नाडा अटो शोमा नयाँ ब्राण्डको इलेक्ट्रीक कार नेपाल ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ ब्राण्डको विषयमा अहिलेसम्म कुनै जानकारी दिएको छैन । तर, नयाँ आउने एसयूभीको एलइडी डिआरएल भने बाहिर आएको हो ।
कम्पनीले अटो शोमा नयाँ ब्राण्डको लागि जी ईभी कम्पनीको नाममा स्टल भने बुकिङ गरेको छ । स्टल नै बुकिङ गरेको कारण कम्पनीले भदौ २६ गते नयाँ ब्राण्ड लन्च गर्नेछ ।
‘ईभीको माग बढ्दै गएको समयमा हामीले नेपाली बजारमा नयाँ ब्राण्ड लन्च गर्न लागेका हौं । नयाँ ब्राण्डको विषयमा सम्पूर्ण जानकारी आगामी हप्ता दिने छौं । हामीले ल्याउन लागेको ईभी रेन्ज, फिचर, डिजाइन र पफर्मेन्सका आधारमा निकै अब्बल हुनेछ’, कम्पनीका प्रबन्ध निर्देशक कैलास बाबु गेलालले भने ।
कम्पनीले नेपाल ल्याउन लागेको इलेक्ट्रीक ब्राण्ड भने चीनमा उत्पादन भएको हुने जनाएको छ । जी मोटर्सको रुपमा यसअघि रेनो ब्राण्डको डिलर भएर काठमाडौं र भक्तपुरमा गाडी बिक्री गर्दै आएको कम्पनीले अब भने आफैँ नयाँ ब्राण्डको गाडी ल्याउन लागेको हो ।

