सीजी मोटर्सले गर्यो साम्बालाई ५ लाख सहयोग

काठमाडौं । सीजी मोटर्सले नेपाली महिला राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’ लाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

कम्पनीले साम्बाको घुँडामा देखिएको समस्याको शल्यक्रिया गर्न ५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको हो ।

साम्बा सीजी मोटर्सको हिरो दुईपाँग्रे ब्राण्ड अन्तर्गत रहेको हिरो जुम १६० स्कुटरको ब्राण्ड एम्बेस्डर समेत हुन् ।

उक्त सहयोगले साम्बाको उपचार प्रक्रिया र पुनस्र्थापनामा केही रुपमा टेवा पुग्ने कम्पनीको विश्वास छ।

साम्बाले आफ्नो उपचारका लागि एन्फाले आर्थिक सहयोग नगरेपछि सामाजिक संजालमा सहयोगका लागि आह्वान गरेकी थिइन् । त्यसपछि उनलाई विभिन्न व्यक्ति/संस्थाहरूले धमाधम सहयोग गरिरहेका छन् ।


Back_to_top