साँखु जाने सडक यस्तो भएपछि स्थानियले गरे यातायात बन्द (फोटोसहित)

काठमाडौं । सडक निर्माणमा चरम लापर्वाही गरेको र तोकिएको समयमा सडक निर्माण नभएको भन्दै गोकर्णेश्वर नगरपालीका देखि शंकरापुर नगरपालीकासम्मको यातायात आज बन्द गरिएको छ ।

स्थानीयवासीले सडक निर्माणमा स्थानिय सरकार, ठेकेदार र केन्द्र सरकारले नै वेवास्था गरेको भन्दै तत्काल आवजजावत गर्न सहज हुनेगरी सडक निर्माण गर्न माग गरेका छन् ।  

रोपाइ दिवसमा बौद्धलगायत काठमाडौ भित्रका बिभिन्न सडकहरुमा रोपाइ गरिरहदाँ थलिहुँदै साँखु जाने सडकको हालत पनि ठ्याकै रोपाइकै लागी तयार गरिएको खेत जस्तै बनेको छ । 

बिगत ३ बर्षदेखि बिस्तार भइरहेको सडकमा हालसम्म पनि उल्लेख्य काम हुन सकेको छैन । घाम लाग्दा आँखा हेर्नै नसकिने यो सडक पानि पर्दा रोपाइ गर्न तयार गरेको खेत झै हुने गर्छ । 

चाबहिल साँखु सडकखण्डमा पर्ने थलिको अबस्था दयनिय छ । दैनिक हजारौको संख्यामा सवारी आवत जावत गर्ने सडकको दुराअबस्थाले यात्रु कुन खाल्डोमा परेर ज्यान गुमाउनु पर्ने हो भन्दै डराई डराई यात्रा गरिरहेका भेटिन्छन् । 

‘हिजो बेलुका सडकको दुई छेउमा  नाली बनाउनको लागी माटो निकालिएको थियो, राति परेको पानिले माटो बगाएर सडक हिलो भएको छ एक, दुइ दिनमा सहज रुपमा आवत जावत गर्न सक्ने बनाउछौ’ कागेश्वरी मनाहरा नगरपालीकाका प्रबक्ता राजाराम पुडासैनीले मेरोअटोसँग भने ।

तर, यो बाटोमा समस्या थलीमा मात्रै छैन, नरायणटारको पुलदेखि साँखुसम्मको करिब ९ किलोमिटर सडकखण्डमा निकै जोखिमपूर्ण यात्रा गर्नुपर्ने अबस्था रहेको छ । 


Back_to_top