चांगानको फ्लाइङ कार नाडा अटो शोमा प्रदर्शन हुने

काठमाडौं । आगामी भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने  नाडा अटो शो २०२५ मा चिनियाँ अटोमोबाइल कम्पनी चांगानले फ्लाइङ कार प्रदर्शन गर्ने भएको छ ।

नाडा अटो शोको मुख्य प्रायोजक रहेको एमएडब्लू वृद्धिले यो फ्लाइङ कार पहिलो पटक नेपाल ल्याउन लागेको हो ।

नेपालमा पहिलो पटक आउने लागेको फ्लाइङ कार यो पटकको नाडा अटोशोको मुख्य आकर्षण हुने कम्पनीले बताएको छ ।

अर्बान एयर मोबिलिटी शोलुसन डेभलपर ईहांगले स्ट्राटिजिक पार्टनरशिप चांगान अटोमोबाइलसँग रहेको छ ।

चांगानले विकास गरेको इलेक्ट्रीक भर्टिकल टेकअफ एण्ड ल्याण्डिङ फिचर रहेको यो फ्लाइङ कार लो अल्टिच्युड फ्लाइट म्यानेजमेन्ट टेक्नलोजी र चांगानको अटोमोबाइल भेहिकल उत्पादन क्षमताको भरपुर प्रयोग भएको छ ।

चांगानले यो फ्लाइङ कार टेक्नलोजीमा आगामी ५ वर्षमा २० अर्ब युवान लगानी गर्ने घोषणा गरेको छ ।


Back_to_top