भारतीय अटोमोवाइल कम्पनी बजाज अटोका म्यानेजिङ डाइरेक्टर राजिव बजाजले इकोनोमिक्स टाइम्सलाई अन्तवार्ता दिदै ‘जुन २०१९’ कम्पनीको नयाँ दिशा निर्धारण गर्न कोसेढुङ्गा सावित हुने बताएका छन् । उनले भनेका छन् ‘बजाजले सीटी, प्लाटिना र पल्सर मोडलमा बिशेष परिर्वतन गर्ने छ ।’
बजाजको भनाईलाई आधार मान्ने हो भने कम्पनीले निकट भबिष्यमा नयाँ मोडलको बाइक र प्रबिधि ल्याउने तयारी गरेको बुझन गाह्रो छैन । साथै, उनले अन्तर्वातामा भनेका छन् कम्पनीले उत्पादन गर्दै आएका आफ्ना उत्पादनको डिजाइनमा समेत निकै ठूलो परिवर्तन ल्याउने छ ।
सन् २००१ देखि बजारमा आएको पल्सर मोडलमा अब भने कम्पनीले व्यापक परिवर्तन गर्न लागेको बुझन सकिन्छ । साथै पल्सर सिरिजमा नयाँ मोडल ‘पल्सर–२५० समेत बजारमा ल्याउने तयारी भइरहेको छ ।
अब कम्पनीले उत्पादन गर्ने नयाँ बाइकहरुमा थप सुरक्षा फिचर तथा नयाँ प्रदुषण मापदन्ड अनुरुप आउने छ । तर, पल्सर सिरिज अन्तर्गतको १३५ र १८० लाई भने बन्द गर्ने योजना बनाईरहेको रिपोर्टहरु सार्वजनिक भइरहेका छन् ।
भारतीय मिडिया रिपोर्टका अनुसार २०१९ को अन्त्यसम्ममा पल्सर २५० भारतीय बजारमा सार्वजनिक हुने अनुमान गरिएको छ ।


