काठमाडौं । नेपाली अटोबजार प्रतिस्पर्धात्मक बन्दै गएको छ । विभिन्न अटोमोवाइल कम्पनीले आकर्षक बनावट, उत्कृष्ट पफर्मेन्स, सुरक्षासंगै विभिन्न विशेषता समेटिएका कार भित्र्याइरहेका छन् ।
पछिल्लो समय प्रायः सबै कारमा चालक तथा प्यासेन्जर सुरक्षाका लागि एयरब्याग, एबीएस, इबीडी लगायतका विविध विशेषता दिएको हुन्छ । सुरक्षाका हिसाबले त्यस्ता कारलाई उत्कृष्ट मानिन्छ ।
ग्लोवल एनक्यापले कार कति सुरक्षित छ भन्ने मापदन्ड निर्माण गरि कारको परिक्षण गर्नेगर्छ । नेपाली बजारमा बिक्री वितरण भइरहेका मध्ये सुरक्षित कम मूल्यका ४ कारको बिषयमा यहाँ हामीले उल्लेख गरेका छौं ।
टाटा नेक्शान
टाटा मोटर्सका चर्चित कार टाटा नेक्शान सुरक्षित कारको सूचिमा पर्छ । कर्भ डिजाइन, पृथक स्टाइल र स्मार्ट फिचरका साथ नेक्सनले कम्प्याक्ट एसयूभी सेग्मेन्टमा चर्चा कमाउँदै आएको छ ।

यस कारलाई ग्लोबल एनक्यापले सेफ्टी फिचर अन्र्तगत फार्इभ स्टार रेटिङ दिएको छ । सुरक्षाको लागि यसमा डूअल फ्रन्ट एयरब्याग र कर्नर स्थिरता युक्त ‘एन्टीलक ब्रेकिङ सिस्टम विथ इीबडी’ समावेश छ । रियर सिटमा ‘आइएसओ फिक्स चाइल्ड रिस्ट्रेन सिस्टम’ लगायतका उच्चस्तरीय फिचर समावेस छन् ।
आरामपूर्वक गाडी चलाउन नेक्सनमा उच्चस्तरीय ‘फोम’ बाट बनाइएको सीटहरु, यू–टर्नहरुमा सहजता पुर्वक ड्राइभिङको लागि इलेक्ट्रीक पावर स्टेरिङ समावेश गरिएको यसमा फोर च्यानल एबीएस, डूअल फ्रन्ट एयरब्याग, एबीएस स्टान्र्डड विशेषता दिइएको छ । नेपाली बजारमा यसको लो भेरियन्टको मूल्य ३४ लाख ९५ हजार रुपैयाँबाट सुरु हुन्छ ।
मारुती सुजुकी भिटारा ब्रेजा
नाडा अटो शो २०१६ मा सार्वजनिक भएको भिटारा ब्रेजा पनि सुरक्षित कारको सूचिमा पर्छ । एडल्स क्राश टेस्टको १७ पूर्णाङकमा १२.५१ तथा चाइल्ड क्रश टेस्टिङ अन्र्तगत ४९ पूर्णाङकमा १७.९३ अंक पाएको यस मोडलले समग्रमा फोर स्टार रेटिंग पाएको छ ।

यसमा एयरब्याग, एबीएस तथा प्रि टेन्सनर र फोर्स लिमिटरसहितकोे फिचर रहेको छ । कम्पनीले कारमा बेष्ट इन क्लास फिचर्सका रुपमा एप्पल कारप्ले सहितको स्मार्टप्ले ईन्फोटेनमेण्ट प्रणाली, क्रुज कन्ट्रोल, एण्टि पिन्च गार्ड पावर विण्डो लगायत फिचरहरु दिएको छ । नेपाली बजारमा यसको सुरवाति मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
फक्सवागेन पोलो
फक्सस्वागेनको पोलो नेपाली बजारमा चर्चामा रहेको कार मध्यमा पर्छ । सुरक्षा फिचर अन्र्तगत चार स्टार रेटिङ पाएको यस मोडलमा दुई वटा स्टान्र्डड एयरब्याग, एन्टी लक ब्रेकिंङ सिस्टम, गाल्भानाइज्ड बडी, पावर विन्डो, रियर भ्यू क्यामरा, पोलन फिल्टर लगायतका फिचर रहेको छ ।

एयर कन्डिशन, पावर स्टेरिंग आदि अप्सनले यो कार नेपाली बजारमा चर्चामा आएको हो । नेपाली बजारमा पोलोको मूल्य २७ लाख ९५ हजारबाट सुरु हुन्छ ।
टोयोटा इटियोस लिभा

नेपाली बजारमा बिक्री भइरहको टोयोटा इटियोस लिभालाई ग्लोबल एनसीएपीले चार स्टार रेटिङ दिएको छ । इटियोस लिभा १.२ लिटर जीको मूल्य ३२ लाख र लिभा १.२ एलभीएक्सको मूल्य ३६ लाख ७० हजार रुपैयाँ रहेको छ । कारमा एबीएस, इबीडी, एयरब्याग, ईम्प्याक्ट अब्जर्विङ बडी स्ट्रक्चर र इन्जिन इमोबिलाइजर लगायतका सुरक्षा फिचर दिइएको छ ।

