चीनले सवारी आयातमा भन्सार दर घटाउने निर्णय लियो !

काठमाडौं । चीनले सवारी आयातमा लाग्दै आएको कार कटौती गर्दै लाने घोषणा गरेको छ । 

चिनियाँ राष्ट्रिपति सी जिनपिङले अटो आयातमा लाग्ने अन्तशुल्क यो वर्ष कटौती गरिने बताएका हुन् । हाल चीनमा सवारी आयात गर्दा २५प्रतिशत भन्सार लाग्दै आएको छ । 

टाटा मोटर्सको स्वामित्वमा रहेको जगुअर ल्यान्ड रोबर (जेएलआर)ले यसको फाइदा लिन सक्नेछ । 

चिनियाँ अटोमोबाइल क्षेत्रमा विदेशी लगानी ल्याउन दिने बिषयपनि छिटो निर्णय गरिने राष्ट्रपति सीले उल्लेख गरेका छन् । 

हाल चीनमा अटोमाबोइल उद्योग खोल्न विदेशी कम्पनीले त्यहाँको स्थानिय कम्पनीसँग अनिवार्य साझेदारी गर्नुपर्छ । त्यसमापनि विदेशी कम्पनीको पुँजी ५० प्रतिशतमात्र हुने व्यवस्था रहेको छ ।

चीन सरकारले गरेको यो निर्णयले धेरै अटो उत्पादक कम्पनीहरुलाई फाईदा हुनेछ । टाटा मोटर्सको स्वामित्वमा रहेको जगुअर ल्यान्ड रोबर (जेएलआर)ले यसको फाइदा लिन सक्नेछ । 

उक्त कम्पनीले हाल अन्यत्र उत्पादित प्यासेन्जर भेइकल चीनमाल बिक्रीगर्दै आएको छ । चीनमा पछिल्लो समय महँगा कारको बिक्री उल्लेख्य रुपमा बढेको छ । 

चीन सरकारले लिएको भन्सार घटाउन नयाँ नीतिले यस्ता सवारी साधन सस्तो भई अझ बिक्री बढ्ने अनुमान गरिएको छ । 


Back_to_top