काठमाडौं । चालक विहीन वाहन (सेल्फ ड्राइभिङ भेइकल) युगको सुरुवातसँगै मानिसहरूले गाडी चलाउन पाउने वा नपाउने बहस सुरू भएको छ ।
कृतिम बौद्धिकता (एआर्ई)को प्रयोगले हालसम्मका मेसिनलाई धेरै चलाख र तीव्र बनाउँदै आएको छ । एआर्ईको प्रयोग गरी सेल्फ ड्राइभिङ सवारीको निर्माण विकसित देशहरूमा तीव्र बन्दै गएको छ ।
सेल्फ ड्राइभिङ कारको प्रयोगपछि मानिसलाई सवारी चलाउन दिन नहुने माग एकथरिले अगाडि बढाइरहेका छन् भने अर्कोथरिले यसलाई मानिसको स्वतन्त्रतासँग जोडेर हेर्न थालेका छन् ।
टेक कम्पनी इनर्जी माइनका प्रमुख कार्यकारी ओमार रहिम भन्छन् ‘गाडी चलाइरहेका बेला मानिसका भावनाहरू मनभित्र खेलिरहेका हुन्छन् र उसका सबै अनुभवहरू त्यतिबेला खतरनाक हुने रहिमको भनाइ छ ।
गुगल आबद्ध वेमो कम्पनीले २० हजार स्वचालित जगुअर ट्याक्सी किन्ने योजना सार्वजनिक गर्दै यस्तो बहसलाई अगाडि बढाएको हो ।
न्यूयोर्कमा वेमोका प्रमुख कार्यकारी जोन क्राफसिकलाई सोधिएको थियो ‘सेल्फ ड्राइभिङ कारको उदयपछि मानिसहरूलाई सवारी हाँक्न पाउने लाइसेन्सलाई विस्थापित गर्नुपर्ने आवश्यकताबारे तपाईंको बुझाइ कस्तो छ ? तपाईंले यस्तो सोच्नु भएको छ ?’ उनले जवाफ फर्काए, ‘होइन म यस्तो सोच्दिन ।’ उनको यो भनाइ वेमोले जगुअर ल्यान्ड रोभरबाट २० हजार इलेक्ट्रिक भेइकल किन्ने योजना सार्वजनिक गरेपछि आएको हो । वेमोले ती इलेक्ट्रिक वाहनलाई रोबोटिक सवारी सेवा उपलब्ध गराउने उद्देश्यले किन्न लागेका जानइएको छ ।
वेमोले सेल्फ ड्राइभिङ कारको दौडमा आफूलाई अगाडि सार्दै स्वचालित वाहनको सर्वाधिक धेरै परीक्षण गर्ने कम्पनीको रूपमा आफूलाई उभ्याएको हो । यस्ता सेल्फ ड्राइभिङ कारको दौडमा टेस्ला र उबर जस्ता कम्पनीहरु समेत रहेका छन् ।
टेस्लाको प्रमुख एलन मस्क वेमोका प्रमुख कार्यकारी क्राफसिक भन्दा विपरीत धारणाका पक्षपाती हुन् । मस्क भविष्यमा मानिसलाई गाडी हाँक्न दिन नहुने पक्षमा वकालत गर्दै अएका व्यक्ति हुन् ।
टेक कम्पनी इनर्जी माइनका प्रमुख कार्यकारी ओमार रहिम भन्छन् ‘गाडी चलाइरहेका बेला मानिसका भावनाहरू मनभित्र खेलिरहेका हुन्छन् र उसका सबै अनुभवहरू त्यतिबेला खतरनाक हुने रहिमको भनाइ छ ।
मस्क र रहिमका यी अवधारणासँग वेमोका प्रमुख कार्यकारी क्राफसिकको धारणा मेला खाँदैन । उनी भन्छन्, ‘म यो विश्वास गर्दिन, जसले एकदिन मानिसले गाडी हाँक्न पाउने अधिकारको त्याग गर्न लगाउँछ ।’
जगुअरसँग इलेक्ट्रिक भेइकलको खरिदसम्बन्धी सम्झौताले सन् २०१५ मा फियात क्राइस्लरसँग गरेको सम्झौतालाई थप बल पुर्याउने देखिएको छ ।
वेमोका इन्जिनियरहरूले रोबोटिक टेक्नोलोजीबाट सेल्फ ड्राइभिङ कारलाई अझ परिस्कृत गर्ने कार्य गर्दै आएको छ ।
अहिलेसम्मको सेल्फ ड्राइभिङ कारको विकासक्रम
लेभल जिरो– मानव चालकहरूले गाडी हाँक्दा पूर्ण नियन्त्रण मानिसमा हुने ।
लेभल वन– वाहन नजिक भएपछि ब्रेक लगाउने केही साना प्रणाली युक्त वाहन ।
लभेल टु– सवारीको गति र दिशा दिन जडान गरिएको प्रणाली, जस अन्तर्गत चालकले केही समयका लागि हातलाई फुर्सद दिन पाउने छन् । तर चालकले सडकलाई निरन्तर अनुगमन गरिराख्नुपर्ने हुन्छ ।
लेभल थ्री– चालकलाई सधैंभरी सडकको अनुगमन गर्नुपर्ने हुँदैन ।
लेभल फोर– प्रणालीले सबै अवस्थामा वाहनको नियन्त्रण गर्छ । तर यसले सबै मौसम र सडकको अवस्थामा यसले नियन्त्रण गर्न सक्दैन । प्रणालीले परिभाषित गरेका विषयमा वाहनलाई निर्भर गराउँछ ।
लेभल फाइभ– यो पूर्ण स्वचालनको अवस्था हो । यो लेभलमा प्रणालीले मौसम, ट्राफिक, प्रकाशलगायत सबै अवस्थामा वाहनलाई नियन्त्रण गर्छ । यो गाडी जहाँ पनि जुनसुकै स्थितिमा जान सक्ने खालको हुने दाबी गरिएको छ ।

