कैलाशको अर्को हेलिकप्टरले सुरु गर्यो ब्यवसायीक उडान

काठमाडौं । पहिलो हेलिकप्टरले ब्यवसायी उडान सुरु गरेको करिब १८ दिन पछि कैलाश हेलीकप्टर सर्भिसेजले ल्याएको दोस्रो हेलिकोप्टरले समेत व्यवसायीक उडान सुरु गरेको छ । 

हेलिकप्टर एएस थ्री फाइभ जिरो बि टु ले बुधबारदेखि व्यावसायिक उडान सुरु गरेको कम्पनीले जनाएको छ । 

यही कम्पनीले ल्याएको पहिलो हेलिकप्टर एएस थ्री फाइभ जिरो बि थ्री ई ले गत चैत १० गतेबाट उडान सुरु गरिसकेको छ । फ्रान्समा निर्मित यो हेलिकप्टरले उडान अनुमितपत्र प्राप्त गरेर व्यावसायिक उडान सुरु गरेको हो ।

सर्भिसेजले कर्पोरेट फ्लाइट, हाइअल्टीच्युड अपरेसन्, एरियल सर्भे, प्राकृतिक प्रकोप उद्दारका साथै बिरामीको पनि तत्काल उपचारका लागि गन्तब्य सम्म पुर्‍याउने लगायतका सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।


Back_to_top