काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभाले शेयरधनीहरुलाई चुक्ता पुँजीको ४२ प्रतिशत बोनस शेयर तथा प्रति शेयर २८ रुपैयाँ ५३ पैसा नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनश शेयर बितरण पश्चात् कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार ६४८ रुपैयाँ पुग्ने छ । त्यसै गरि साधारण सभाबाट कम्पनीको अधिकृत पुँजी
आठ अर्ब कायम गर्ने प्रस्ताव पारित भएको छ ।
कम्पनीले कुल बीमाशुल्क आम्दानीमा करिब ३३ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएको कम्पनीमा अध्यक्ष गोविन्द लाल संघईले जानकारी दिए ।
सभाले आर्थिक बर्ष २०७३/०७४ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह बिवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीका गरिएको संशोधन प्रस्तावहरु स्वीकृत गरेको छ ।
साथै, कम्पनीको पुँजी संरचनामा रहेको सस्ंथापक र सर्वसाधारण शेयरको बिद्यमान ७०ः३० अनुपातलाई परिवर्तन गरि संस्थापक र सर्वसाधारण शेयर स्वामित्व अनुपात ६०ः४० प्रतिशत कायम गर्ने प्रस्ताव सभाबाट स्वीकृत भएको छ ।