जगुअर ल्यान्ड रोबरले १० नयाँ उत्पादन ल्याउने

काठमाडौं । भारतीय सवारी उत्पदक कम्पनी टाटा मोटर्सले किनेको जगुअर ल्यान्ड रोबर (जेएलार)ले २०१८/०१९ को अवधिमा १० नयाँ मोडल भारतीय बजारमा ल्याउने भएको छ । 

नयाँ आउने मोडल पुरै नयाँ नभइ फेसलिफ्ट र वार्षिक मोडल परिवर्तन हुने कम्पनीले जनाएको छ । 

गत आवमा जेएलआरको बिक्री ८३ प्रतिशतले बढेको थियो । जेएलआर इन्डियाले २०१७/१८ मा ४ हजार ६ सय ९ वटा सवारी बिक्री गरेको थियो । जबकी अघिल्लो वर्ष २ हजार ५ सय १४ वटामात्र सवारी बिक्री गर्न सकेको थियो । 

कम्पनी ल्याएको नयाँ उत्पादन पाँचौं पुस्ताको अल न्यू ल्यान्ड रोबर डिस्कभरी र न्यू रेन्ज रोभर भेलरले आफ्नो उपस्थित बलियो भनाएकाले बिक्री बढेको हो । यसलाई नयाँ सवारी उपभोक्ताले पनि निक्कै मन पराएको कम्पनीले दाबी गरेको छ । 

गत वर्षमा जगुअर एक्सइ, एक्सएफ र एफ–पेस तथा ल्यान्ड रोबर डिस्कभरी स्पोर्टस र रेन्ज रोभर इभोकको बिक्री समेत उल्लेख्य रुपमा बढेको थियो । यो वर्षका लागि कम्पनीले १० वटा नयाँ सवारी बजारमा ल्याउने भएको छ । 

यसले बजारमा पकड कायम राख्न सहयोग पुग्ने कम्पनीले दाबी गरेको छ । नयाँ आउने मोडल पुरै नयाँ नभइ फेसलिफ्ट र वार्षिक मोडल परिवर्तन हुने कम्पनीले जनाएको छ । जेएलआर इन्डियाले यो वर्ष पनि बिक्री दोहोरो अंकको हुने अपेक्षा गरेको छ । 


Back_to_top