काठमाडौं । रेनोको नेपालको लागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स्ले नयाँ शोरुम ‘स्टेट आफ आर्ट शोरुम’ काठमाडौंको नक्शालमा संचालनमा ल्याएको छ ।
रेनोले आफ्ना ग्राहकलाई सधै धेरै भन्दा धेरै प्रतिफल दिने गर्दै आइरहेको छ । यो नयाँ शोरुमले हाम्रा ग्राहकलाई आफ्नो नजिकै आफ्नो रोजाईको नयाँ रेनो कार, स्पेयर पार्टस र सर्भिस लिन निकै सहज हुने कम्पनीले विस्वास लिएको जनाएको छ ।
उक्त शोरुमको उद्घाटन एड्भान्स अटोमोवाइल कम्पनीका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल र रेनोको एक्स्पर्ट एण्ड बिजनेश डेभलपमेन्ट प्रमुख नविन मिश्राले संयुक्त रुपमा गरेका हुन् ।
नोको एक्स्पर्ट एण्ड बिजनेश डेभलपमेन्ट प्रमुख नविन मिश्रले शोरुम उद्घाटन गर्दै भने ‘नक्सालमा नयाँ शोरुम संचालनमा ल्याउन पाउँदा हामी निकै खुसी छौं । ग्राहकहरुको माग बढ्दै गएकाले हामीले आफ्नो शोरुमहरु बिस्तार गर्दै लगेका हौं । जसले हाम्रा ग्राहकहरुलाई फाइदा दिने छ । अहिले हाम्रो कार नेपाल उपभोक्ताको रोजाईमा टप ३ मा पर्न सफल भएको छ ।’