फिचर थपिएको सिट्रोनको ईसीथ्री साइन नेपालमा

काठमाडौं । फ्रेन्च अटो कम्पनी सिट्रोनले भारतमा उत्पादन गरेको इलेक्ट्रीक सीथ्रीको अपडेटेड भेरियन्ट नेपाल आएको छ ।

नेपालका लागि सिट्रोनको आधिकारीक वितरक सांग्रिला मोटर्सले सीथ्रीको अपडेटेड भेरियन्ट साइन ल्याएको हो ।

यसअघि फिल र लाइभ गरी दुई भेरियन्टमा बिक्री भइरहेको यो ईभीमा ५ वटा फिचरहरू थपिएको छ । साइन भेरियन्टमा इलेक्ट्रीकल्ली एड्जस्टेबल ओआरभीएम, रियर पार्किङ क्यामरा, १५ इन्चको डायमण्ड कट अलोय ह्वील, फ्रन्ट र रियर स्कीड प्लेट, रियर डिफगर तथा वाइपर जस्ता फिचर थपिएको हो ।

सिट्रोन ईसीथ्रीमा लेदर र्याप स्टेरिङ ह्वील समेत रहेको छ । फ्रेन्च कम्पनीले भारतमा बनाएको ईसीथ्री मा २९.२ किालेवाट आवरको ब्याट्रीप्याक र ४२ किलोवाटको इलेक्ट्रीक मोटर राखिएकोे छ । यो ईभीले एक पटकको फुलचार्जमा ३२० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

यसअघि बिक्री हुँदै आएको फिल भेरियन्टको मूल्य ३३ लाख र  लाइभ भेरियन्टको ३५ लाख रुपैयाँ छ । थप फिचरसहित आउने साइन भेरियन्टको मूल्य केही बढ्न सक्ने अनुमान गरिएको छ ।

नयाँ भेरियन्टको ईसीथ्री साइन आगामी शुक्रबारदेखि नेपाली बजारमा बिक्री सुरू गरिने कम्पनी स्रोतले जानकारी दिएको छ ।


Back_to_top