काठमाडौं । पृथ्वी राजमार्गमा आज बेलुका ८ बजेदेखि सवारी साधन संचालनमा पूर्ण रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङले एक सूचना जारी गर्दै आज बेलुका ८ बजेदेखि भोलि बिहान ५ बजेसम्म सम्पूर्ण सवारी साधन संचालनमा रोक लगाइएको जानकारी गराएको हो ।
मौसममा आएको परिवर्तनका कारण धादिङ जिल्ला र आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको तथा आगामी केही दिनसम्म भारीदेखि अति भारी वर्षा हुन सक्ने मौसम विज्ञान विभागको प्रक्षेपणलाई ध्यानमा राख्दै पृथ्वी राजमार्गम सवारी चलाउन रोक लगाइएको प्रशासनले जनाएको छ ।
साथै, प्रशासनले यात्रु तथा सवारी चालकहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न, जोखिमयुक्त क्षेत्रमा नजान र सम्बन्धित निकायबाट जारी हुने सुरक्षा निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।


