नयाँ फिचरसहित यामाहा एफजेडएस भि ३ नेपाल आउने

काठमाडौं । यामाहाको आधिकारीक वितरक एमएडब्लु इन्टरप्राइजेज्ले नयाँ मोटरसाइकल नेपाल ल्याउने तयारी थालेको छ । कम्पनीले एफजेडएस भि ३ को नयाँ भर्सन नेपाल ल्याउन लागेको हो ।

कम्पनी स्रोतका अनुसार यामाहा एफजेडएस भि ३ को एक्स कनेक्ट भर्सन नेपाल आउने छ । यामाहाले हालै मात्र नयाँ प्रविधि ‘एक्स कनेन्ट’ भारतमा सार्वजनिक गरेको थियो ।

यामाहा एफजेडएस भि ३ मा कनेक्ट फिचरसहित साउन महिना भित्रै नेपाल आउने कम्पनी स्रोतको दावी छ । नेपाल आउने नयाँ एफजेडएस भि ३ मा अन्य कुनै परिर्वतन भने हुने छैन । कम्पनीले मूल्यको बारेमा भने कुनै जानकारी दिएको छैन ।

यामाहा एफजेडएस भी थ्रीमा १४९ सीसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १३.२० बीएच पावर, ६५०० आरपीएममा १२.१ एनएम टर्क प्रदान गर्छ ।

कनेक्ट एक्स एपमार्फत मोटरसाइकल र मोवाइल कनेक्ट गर्न सकिने रहेको छ । यो एप एन्ड्रोएड तथा एप्पल स्टोर दुबैमा उपलब्ध रहेको छ ।
यो एप मार्फत ग्राहकले पार्किङमा आफ्नो मोटरसाइकल कहाँ छ भनेर सजिलै पत्ता लगाउन सक्नेछन् । यस्तै स्मार्ट लक मार्फत मोटरसाइकल चोरी हुनबाट बचाउने छ ।

यसमा ट्राभल हिस्ट्री एपमार्फत यात्रा गरेको स्थान र दुरी रेकर्ड हुनेछ । त्यस्तै जीपीएस मार्फत अन्तिम पटक मोटरसाइकल पार्किङ गरिएको स्थानसमेत हेर्न सकिने छ ।

यामाहाले नयाँ मोटरसाइकलमा कनेक्ट फिचर दिन सुरु गरेको छ । केही दिन पश्चात सार्वजनिक हुन लागेको एफजेड एक्समा समेत कनेक्ट एक्स फिचर समावेश गरिएको छ । कम्पनीले कनेक्ट एक्स फिचर पुराना मोटरसाइकलमा समेत जडान गर्न सकिने जनाएको छ ।


Back_to_top