होन्डा ग्रोम २०२२ मोडलमा यस्तो हुनेछ परिमार्जन

काठमाडौं । होन्डा मोटरसाइकलले अन्तर्राष्ट्रिय बजारमा २०२२ को लागि ग्रोमको कलर सार्वजनिक गरेको छ । कम्पनीले एबीएस भेरियन्ट ग्रोमलाई व्ल्यू कलर अप्सन उपलब्ध हुने जनाएको छ । त्यसैगरि नन् एबीएस भर्सन कालो, सेतो र पहेँलो कलरमा आउने छ ।

अन्तर्राष्ट्रिय बजारमा लाइफ स्टाइल प्रोडक्टको रुपमा परिचित ग्रोम रोमाञ्चक यात्रा र ड्राइभिङ एक्सपेरियन्सको लागि चर्चित रहेको छ । १२३.९ सीसी क्षमताको एयर कुल्ड, सिंगल सिलिण्डर इन्जिन यसमा रहेको छ । उक्त इन्जिनले ९.८३ पीएस पावर र १०.४३ एनएम पिक टर्क प्रदान गर्नेछ । अहिले ४ स्पीड गियरबक्स रहेको ग्रोमको २०२२ मोडलमा ५ स्पीड गियरबक्स उपलब्ध रहने छ ।


Back_to_top