हुन्डाई क्रेटा ईभीको सुरुवाती मूल्य १८ लाख

काठमाडौं । हुन्डाईको पहिलो भारतीय इलेक्ट्रीक भेहिकल क्रेटा ईभीको मूल्य सार्वजनिक भएको छ ।

कम्पनीले आजदेखि नयाँदिल्लीमा सुरू भएको भारत मोबिलिटी ग्लोबल एक्पोमा क्रेटा ईभीको ४२ र ५१.४ किलोवाट आवर ब्याट्रीप्याक भेरियन्टको इन्टडक्टरी मूल्य सार्वजनिक भएको हो ।

भारतीय बजारमा ४२ किलोवाटको ब्याट्री भएको क्रेटा ईभी ४ भेरियन्टमा सार्वजनिक भएको छ । जसमा एक्जुकेटिभ भेरियन्टको मूल्य १७ लाख ९९ हजार भारु तोकिएको छ ।  त्यस्तै स्मार्टको १८ लाख ९९ हजार ९००, स्मार्ट(ओ) को १९ लाख ४९ हजार ९०० र प्रिमियम भेरियन्टको १९ लाख ९९ हजार ९०० भारु तोकिएको छ ।

क्रेटा ईभीको ५१.४ किलोवाट आवरको ब्याट्रीप्याक अप्सन लङरेन्ज भर्सनमा स्मार्ट (ओ) र एक्सिलेन्स गरी दुई भेरियन्ट उपलब्ध रहेको छ । यसको लङरेन्ज स्मार्ट (ओ) को मूल्य २१ लाख ४९ हजार ९०० भारु र  एक्सिलेन्स भेरियन्टको २३ लाख ४९ हजार ९०० भारु तोकिएको छ ।

भारतीय बजारमा क्रेटा ईभी ४२ किलोवाट आवर र ५१.४ किलोवाट आवर ब्याट्रीप्याक अप्सनमा सबै मूल्यहरू इन्टडक्टरी रहेको कम्पनीले जनाएको छ ।


Back_to_top