काठमाडौं । क्रसफायर एचजे २५० को डार्क एडिशन नेपाली बजारमा सार्वजनिक भएको छ । कम्पनीले क्रसफायर रेसिङ कम्पोनेन्टसहितको एचजे २५० सार्वजनिक गरेको हो ।
क्रसफायरले इनहाउस उत्पादन गरेको क्रसफायर रेसिङ कम्पोनेन्टसहितको एचजे २५० केही समय पश्चात नेपाली बजारमा विक्री सुरु गर्ने कम्पनीले जनाएको हो । अस्ट्रेलियन कम्पनीको स्वामित्वमा रहेको क्रसफायरको चिनमा रहेको आरएण्डडी सेन्टरमा सीआरसीको उत्पादन गरेको हो ।
क्रसफायर एचजे २५० डार्क एडिशनमा क्रसफायर रेसिङ कम्पोनेन्टका रुपमा थप गरिएका फिचरहरमा फ्रन्ट फर्क कभर, ह्यान्डल वार प्याड, ब्रेक तथा क्लच लिभर कभर, डिस्क कभर, लाइट वेट ह्यान्डलवार, च्याचिस कभर प्यानल, स्पोर्केट कभर, ५२ टी चेन, एक्जष्ट प्रोटेक्टर तथा नयाँ सिट रहेको छ ।
क्रसफायर एचजे २५० डार्क एडिशनको मूलय ६ लाख ७० हजार रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ ।


