काठमाडौं । जापानीज कार ब्राण्ड दायहात्सुले उत्पादन बन्द गरेको छ । टोयोटाको स्वामित्वमा रहेको दायहात्सु कानुनी दायरा उल्घंनमा दोषी देखिएपछि उत्पादन बन्द गरेको हो ।
सुरक्षा मापदण्डमा छेडखानी गरेको भन्दै जापानको ट्रास्पोर्ट मिनिस्ट्रीले गत हप्ता दायहात्सुको ओशाकामा रहेको मूख्यालयमा रेड हानेको थियो । २०२३ अप्रिलमा तेस्रो पक्षले गरेको अनुषन्धानले समेत दायहात्सुले गलत कार्य गरेको प्रमाण फेला पारेको बताइन्छ ।
दायहात्सुको उक्त प्लान्टबाट धेरै अटोमोवाइल ब्राण्डमा पार्ट्सहरु सप्लाई हुने गरेको थियो । डिसेम्बर २५ बाट यसको अपरेशन बन्द भएपछि जापान र अन्य देशमा रहेका टोयोटा, माज्दा, सुबारुको उत्पादनलाई प्रत्यक्ष असर पर्ने बताइन्छ ।
दायहात्सुले ४ हजारभन्दा बढि कम्पनीहरुमा पाट्सको सप्लाई गर्दै आएको थियो । दायहात्सुले सप्लाई गरेको एयरव्याग क्रयास टेस्ट गरिएका गाडीमाभन्दा बिक्री भएका गाडीहरुमा फरक पाइएपछि यो घटना बाहिर आएको थियो ।
दायहात्सु साना तथा लाइटवेट भेहिकल उत्पादनमा चर्चित ब्राण्ड हो । यसका गाडी जापान तथा दक्षिणपूर्वी एशियामा सफल मानिन्छन् । दायहात्सुलाई सन् २०१६ मा टोयोटाले पुरै हिस्सा खरिद गरेको हो ।

