दशैंमा हुन्डाईको नयाँ कार ग्राण्ड आई १० नियाेस किन्नेलाई यस्ता छन् छुट

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले केही दिनअघि नेपाली बजारमा सार्वजनिक गरेको ग्राण्ड आई १० नियोसमा नगद छुट, बीमा, एक आर्थिक वर्षको वार्षिक कर, स्क्र्याच कार्ड मार्फत नगद जित्ने मौका र बम्पर उपहारमा नियासे र अउरा जित्ने मौका प्रदान गर्ने भएको छ ।

कम्पनीले ल्याएको स्कीम अनुसार नयाँ ग्राण्ड आई १० नियोसमा ग्राहकले १ लाख २० हजार नगद छुट प्राप्त गर्ने छन् भने स्क्र्याच कार्ड मार्फत २० हजारदेखि १ लाखसम्म नगद जित्न सक्ने छन् । स्क्र्याच कार्ड मार्फत ग्राहकले कम्तीमा २० हजार पक्का पाउने छन् । यी दुई जोड्दा नगद १ लाख ४० हजार रुपैयाँ छुट हुने छ ।

यसको अलावा स्वास्थ्य क्षेत्रमा काम गर्ने ग्राहकले थप २५ हजार रुपैयाँ बराबरको सर्भिस भौचर पाउने छन् । उक्त रकमले २ वर्षसम्म हुन्डाईको सर्भिस खरिद गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राण्ड आई १० नियोस नेपालमा ३ अप्सनमा उपलब्ध रहेको छ । मग्ना, मग्ना अटोमेटिक र स्पोर्टज् भेरियन्टमा उपलब्ध नियोसको मूल्य मग्नाको ३० लाख ९६ हजार र मग्ना अटोमेटिक र स्पोर्टज्को ३३ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

यस्तो छ नियोस

ग्राण्ड आई १० नियोसको एक्सटेरियरलाई स्पोर्टी र फन्की लुक दिएको छ । यसमा रिडिजाइन इन्टर्गेटेड एलइडी डिआरएलएस, एलइडी फग ल्याम्प जस्ता विशेषता दिइएको छ । स्लिकर डिजाइनमा निर्माण भएको नयाँ हेडल्याम्प, क्यासकेडिंग ग्रिलले कारलाई थप आकर्षक बनाएको छ ।

यसमा मेसिन कट अलोय ह्वील दिइएको छ भने सार्पर हेडलाइट र न्यु टेलाइट सेटअप दिइएको छ । ग्रान्ड आई १० को नयाँ संस्करणमा उपलब्ध १.२ लिटर कप्पा इन्जिनले ८३ बीएच पावर उत्पादन गर्छ । यसको इन्जिनमा ५ स्पीड म्यानुअल ट्रान्समिसन दिइएको छ ।

यसको ड्याशबोर्ड दिइएको इन्स्ट्रुमेन्ट कन्सोल, इन्फोटेनमेन्ट सिस्टम, आकर्षक स्टेयरिंग ह्वीलले गाडीलाई प्रिमियम लुक्स दिएको छ ।

इन्फोटेनमेन्ट सिस्टममा एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट हुने छ भने, सुरक्षालाई मध्यनजर गर्दै एबीएस, इबीडी, डबल एयरब्याग, रियर पार्किङ सेन्सर र रिभर्स क्यामराजस्ता फिचर दिइएको छ ।

हुन्डाईको कनेक्टेड कार टेक्नोलोजीको विशेषता यसमा पनि दिइएको छ । कारमा हुन्डाई भेन्यूमा प्रदान गरिएको जस्तै ८ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ ।


Back_to_top