एमजी र स्याङयोङका कारमा भारी छुट

काठमाडौं । एमजी र स्याङयोङले दशैं लक्षित ग्राहक स्कीम सार्वजनिक गरेका छन् । एमजीले आफ्ना उत्पादनमा ७ लाखसम्मको छुट अफर गरेको छ भने स्याङयोङले आफ्ना कारमा ६ लाखसम्मको छुट घोषणा गरेको छ ।

एमजीले नगद छुट, एक वर्षको बीमा, थप एशोसरिज, एक वर्षको सडक दस्तुर र लोयलटी वोनस दिने घोषणा गरेको छ । त्यसैगरि स्याङयोङले नगद छुट, एक्सचेन्ज वोनस, कोभिड १९ सँग अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई थप छुट,एब वर्षको बीमा, ३ वर्षको वारेन्टी, १ वर्ष वा ४ वटा निःशुल्क सर्भिस, निःशुल्क एशोसरिज प्रदान गर्ने जनाएको छ ।

स्याङयोङ टिभोली र एक्सएलभी खरिद गर्ने ग्राहकले ३ लाख नगद छुट, २ लाख एक्सचेन्ज वोनस र १ लाख स्वाथ्यकर्मीलाई छुट दिने आइएमएस मोटर्सले जनाएको छ । त्यसैगरि एमजीले आफ्नो जिएस मोडलमा ३ लाख नगद छुट र ५० हजारसम्मको लोयलटी वोनस दिने जनाएको छ । एमजीकै जेडएसमा भने ग्राहकले २ लाख ५० हजार नगद छुट पाउने छन् ।

एमजीको सेडान कार एमजी ६ मा भने कम्पनीले थप  छुटको घोषणा गरेको हो ।


Back_to_top