तपाईका कारमा छन् यी ९ फिचर, कम्पनीले बनाउनै छाडे

काठमाडौं । पछिल्लो एक दकशमा कार निर्माता कम्पनीहरुले कार उत्पादनको तरिकामा नै ठूलो परिवर्तन गरेका छन् ।

ग्राहकले पनि कार छनोट गर्दा पुरानो शैलीमा परिवर्तन गरेका छन् । यस्तोमा पछिल्लो एक दशकमा कार निर्माताले गरेका परिवर्तनलाई यहाँ हामीले प्रस्तुत गर्ने प्रयास गरेका छौं ।

१. कम तौलः करिब १० वर्ष अगाडिसम्म हरेक कम्पनीले बनाउने गाडी मजबुत बडीको हुने गथ्र्यो । तर, अहिले कम्पनीहरुले पहिलोको तुलनामा १०० देखि १५० किलोग्रामसम्म तौल घटाएका छन् । कम्पनीहरुले गाडीको तौल घटाउनुमा मुख्य कारण पर्फमेन्स रहेको छ ।

२. एशट्रे र चुरोट सल्काउने लाइटरः करिब ३० वर्ष अगाडिसम्म कम्पनीहरुले फुल अप्सन गाडीमा चुरोट पिउन मनपराउनेहरुलाई मध्यनजर गर्दै एशट्रे र लाइटरको व्यवस्था गर्ने गरेको थियो । अहिले ती स्थानमा गाडी निर्माताहरुले कप होल्डर दिने गरेका छन् ।

३. हाइड्रोलिक स्टेरिङः कुनै समय गाडीमा सामान्य स्टेरिङ हुने गरेको थियो । त्यसपछि टप भेरियन्टमा हाइड्रोलिक स्टेरिङ दिने गरिएको थियो । अहिले सबै कम्पनीले इलेक्ट्रीक पावर स्टेरिङ दिन सुरु गरेका छन् ।

४. फुल साइज स्पेयर ह्वीलः यसअघि कम्पनीहरुले फुल साइज स्पेयर ह्वील दिने गरेका थिए । उक्त स्पेयर टायर चार वटै चक्काको साइजमा फिट हुने किसिमको थियो । अजकल कम्पनीले दिने स्पेयर टायर केबल आपतकालिन प्रयोगको लागि मात्रै फिट हुने किसिमको हुन्छ ।

५. पूर्ण म्यानुयल विन्डोः कुनै समय गाडीको ४ वटै ढोका म्यानुय हुने गथ्र्यो । अहिले केही इन्ट्री लेवल मोडलमा मात्रै पछाडिको विन्डो म्यानुयल हुने गरेको छ । अन्यथा सबै अटोमेटिक भइसकेको छ ।

६. एसयूभीमा पछाडि टायरः केही वर्षअघिसम्म एसयूभीको पछाडि टेलगेटमा स्पेयर टायर लगाउने गरिको थियो । तर, एक दशकमा नै यसमा ठूलो परिवर्तन आएको छ । आजकल यसरी टेलगेटमा स्पेयर टायर राख्ने चलन कम्पनीहरुले छाडेका छन् ।

७. ठूलो इन्धन ट्याङ्कीः पुराना गाडीमा ठूलो क्षमताको इन्धन ट्याङ्की लगाउने गरिएको थियो । यसलाई कम्पनीहरुले क्रमश घटाउँदै लगेका छन् । कार निर्माताले कम क्षमताको ट्याङ्कीको प्रयोग सुरु गर्नुमा पेट्रोल पम्पहरुको उपलब्धता बढ्नु मुख्य कारण रहेको छ ।

८. क्यासेट वा म्यूजिक सिस्टमः केही वर्षअघिसम्म गाडीमा क्यासेट प्लेयर दिने गरिएको थियो । अव यसको स्थान इन्फोटेन्टमेन्ट सिस्टमले लिन थालेको छ । कम्पनीहरुले अहिले एन्ड्रोइड अटो र एप्पल कार प्ले सपोर्ट गर्ने इन्फोटेन्टमेन्ट सिस्टम दिन थालेका छन् ।

९. कम क्षमताको इन्जिनः अहिले कार निर्माता कम्पनीहरु टर्बो चार्ज्ड इन्जिन निर्माणमा केन्द्रित भएका छन् । यस्ता इन्जिन कम सीसीमा बढी पावर प्रदान गर्ने किसिमका हुन्छन् । अबको केही वर्षमा कम्पनीहरुले अधिकांश टर्बो इन्जिनको प्रयोग गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top