२० लाखमा चढ्न पाइएला नेपालमै बनेको इलेक्ट्रीक कार

काठमाडौं । नेपालमै इलेक्ट्रीक कार उत्पादनमा काम गरिरहेको हुलास मोटर्सको कार बजारमा नआउँदै समस्यामा परेको छ । २० लाखभन्दा कम मूलयमा यही वर्षबाट बिक्री सुरु गर्ने लक्ष्यको साथ काम गरिरहेको हुलास मोटर्सको इलेक्ट्रीक कार कोरोना भाइरस र सरकारी बजेटको कारण संकटमा परेको हो ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट मार्फत इलेक्ट्रीक कारमा लग्दै आएको भन्सार, अन्तःशुल्क र सडक निर्माण दस्तुरमा व्यापक वृद्धि गरेसँगै नेपालमै कार उत्पादनमा काम गरिरहेको हुलास मोटर्सको योजना नै संकटमा परेको हो ।

‘सरकारले कर बढाएपछि हामीले अर्थमन्त्रीलाई नेपालमै सस्तो गाडी बनाउने योजना संकटमा परेको विषय राख्यौ । उहाँले नेपालमा बनाउँदा यस्तो व्यवस्था नहुने भन्नुभयो । तर, यसलाई परिमार्जन गरेर राजपत्रमा प्रकाशित नगरेसम्म भन्सार लगायतका निकायले छाड्दैन । अनि कसरी यहाँ गाडी उत्पादन हुन्छ’, हुलास मोटर्सका जनरल मेनेजर प्रफुल्ल दासले मेरोअटोसँग भने ।

प्रतिघन्टा ६५ किलोमिटरको गतिमा चलाउन सकिने यो कार सहरी क्षेत्रमा दैनिक कार्य गर्न पर्याप्त रहने छ । साथै कारमा दिइएको व्याट्रीलाई एक पटक फुल चार्जगर्दा १ सय ७० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने छ । यसलाई घरको सामान्य प्लगमा जोडर चार्जगर्दा फुल चार्ज हुन ८ देखि १० घण्टासम्म लाग्नेछ ।

दास भन्छन् ‘अहिले कोरोना भाइरसको कारण केही सामाग्री चाइनाबाट ल्याउनु पर्ने थियो । त्यो ल्याउने काम हुन सकेको छैन । सरकारले करको विषय प्रस्ट परेपछि गाडी उत्पादनको काम द्रुतगतिमा अगाडि बढ्छ ।’

२० लाखभन्दा कम मूल्यमा ग्राहकले किन्न पाउनेगरि नेपालमै उत्पादन गर्न लागिएको इलेक्ट्रीक कारको काम अहिलेपनि नरोकिएको दासले जानकारी दिए ।

कम्पनीका अनुसार इलेक्ट्रीक कार नेपालको मध्यम वर्ग लक्षित गरेर निर्माण गरिएको छ, जसलाई मध्यम आए भएका परिवारले सहजै खरिद गर्न सक्ने छन् । यस कारमा रहेका फिचरहरु मूल्य अनुसार निकै उत्कृष्ट रहने कम्पनीले दाबी गरेको छ ।

यो कार निकै सुन्दर कम्प्याक्ट र चलाउन असाध्यै सजिलो हुनेछ । कारमा गियर हुने छैन भने काठमाडौंको व्यस्थ ट्राफिकमा पनि चलाउन सहज हुनेछ । कार वातानकुलीत हुनेछ जसलाई चलाएर हिड्न जाडो वा गर्मी दुबै मौसममा आरामदायी हुनेछ ।

प्रतिघन्टा ६५ किलोमिटरको गतिमा चलाउन सकिने यो कार सहरी क्षेत्रमा दैनिक कार्य गर्न पर्याप्त रहने छ । साथै कारमा दिइएको व्याट्रीलाई एक पटक फुल चार्जगर्दा १ सय ७० किलोमिटरसम्मको यात्रा तय गर्न सकिने छ । यसलाई घरको सामान्य प्लगमा जोडर चार्जगर्दा फुल चार्ज हुन ८ देखि १० घण्टासम्म लाग्नेछ ।

कारमा आधुनिक फिचर दिइएको छ । पावर स्टेरिङ्ग, पावर ब्रेकिङ सिस्टम, पावर विण्डो तथा सेन्ट्रल लकिङ्ग सिस्टमजस्ता फिचरले कारलाई निकै मोर्डन बनाउने छ ।

कार व्याकगर्दा सहज होस् भनेर कारमा रियर क्यामरा र रियस सेन्सर जस्ता फिचर दिइएको छ । आज भोलिका कारमा टचस्कृन भएन भने ड्यासबोर्ड खाली जस्तै देखिन्छ । त्यसैले यसलाई पुरा गर्न कम्पनीले ७ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइने छ । यो कार २० डिग्रीको उकालोमा सजिलै चढ्न सक्ने छ ।

नेपालको बाटोको अवस्थालाई मध्यनजर राख्दै तयार गरिएको यो कारमा १ सय ८० एमएमको ग्राउण्ड क्लियरेन्स रहने जनाइएको छ । यो ग्राउन्ड क्लियरेन्स इलेक्ट्रीक कारमा उत्कृष्ट हो ।


Back_to_top