काठमाडौं । सन् २०१८ मै कोना इलेक्ट्रीक एसयूभी ल्याएर लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली ईभी बजारलाई चलयमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
त्यसपछि कम्पनीले बजारमा ईभीको ‘मेनु’मा आयोनिक फाइभ र क्रेटा ईभी थप्यो । कम्पनीसँग अहिले यी दुवै ईभी मूल्य प्रोडक्टका रूपमा रहेका छन् ।
नेपालमा बढ्दो ईभीको बजार र चलिरहेको मूल्यमा प्रतिस्पर्धाका बीच हुन्डाईको सस्तो ईभी नै ५२ लाखदेखि ६० लाख रुपैयाँसम्म पर्छ । मूल्यको हिसाबले चिनियाँ ईभीसँग प्रतिस्पर्धा गर्न निकै कठिन देखिएको हुन्डाईले अहिले इलेक्ट्रीक गाडीमा केन्द्रित रहेर स्कीमहरू चलाइरहेको छ । यसै स्कीमको सन्दर्भमा लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक दीपक थपलियासँग मेरोअटोले गरेको कुराकानिको सम्पादित अंश :
अहिले क्रेटा इलेक्ट्रीकमा ‘क्याम्पेन’ चलाउँदै हुनुहुन्छ । ठ्याक्कै यसमा उपभोक्ताले के पाउँछन् ?
नेपालमा ७० प्रतिशत ईभी बिक्री हुन थालेको छ । विश्वमा धेरै किसिमका साधन न्यू इनर्जीमा आए पनि नेपालमा प्योर ब्याट्री इलेक्ट्रीक मात्रै ईभी सेग्मेन्ट भनेर बुझिन्छ । जहाँसम्म हाम्रो कुरा छ, आइसीई भेहिकल सेग्मेन्टमा हुन्डाई ५० प्रतिशत हाराहारी बजार हिस्सासहित अग्रस्थानमा छ । ईभीमा जाँदा हामी केही महँगो सेग्मेन्टमा छौं । ५० देखि ६० लाखको सेग्मेन्टमा क्रेटा ईभी छ । त्यहाँ एक दर्जन बढी मोडल प्रतिस्पर्धा गरिरहेका छन् ।
बिक्रीलाई मात्र सफलता मान्न मिल्दैन । गाडी छोटो समयमा खराब हुने कुरा होइन, त्यसैले बिक्रीपछिका धेरै कुरा ब्राण्डको सफलतासँग जोडिएको हुन्छ ।
अझ, अहिले आएर प्रतिस्पर्धा चुलिएको छ । ४० देखि ५० लाखमै त्यही साइजका गाडी उपलब्ध भएका छन् । त्यसले उपभोक्तालाई धेरै फाइदा पुगेकै छ । हाम्रोतर्फबाट पनि उपभोक्तालाई केही दिनै पर्ने अवस्था थियो । साथै, हामी के हौं र कसरी काम गर्दैर्छौं भन्ने कुरा बुझाउनु पर्ने पनि छ । त्यसैले हामी अन्यभन्दा किन फरक छौं भन्ने बुझाउन यो ‘क्याम्पेन’ गरेका हौं । त्यसमा हामीले एक्सचेन्ज बोनस, नगद छुट, लोयल्टी बोनस जस्ता कुरा उपभोक्तालाई अफर गरेका छौं । यो क्याम्पेनको मुख्य उद्देश्य नै उपभोक्तसँग जोडिनु हो । र, हुन्डाई ब्राण्डका बारेमा बुझाउनु हो ।
क्रेटा ईभी नेपालमा बिक्री सुरू हुनुभन्दा अगाडि निकै चर्चामा थियो । तर, बिक्रीमा खासै ठूलो छलाङ लगाउन नसकेको जस्तो देखियो । खासमा के भएको हो ?
सधैं ‘रिजल्ट’ हामीले कति युनिट बिक्री भयो भन्ने कुराबाट दाँज्ने भएको कारण ठूलो संख्या नदेखिएको होला । बिक्रीलाई मात्र सफलता मान्न मिल्दैन । गाडी छोटो समयमा खराब हुने कुरा होइन, त्यसैले बिक्रीपछिका धेरै कुरा ब्राण्डको सफलतासँग जोडिएको हुन्छ । उदाहरणको लागि नेटा ब्राण्ड हेर्नुहोस् न । गाडी बिक्री भएकै थियो । चढ्नेहरू खुसी नै थिए । एक्कासी उत्पादन बन्द भयो, नेपालमा पनि नयाँ आउने कुरा सकियो । सफल मोडल पनि निरन्तरताको कारण बन्द भयो नी । त्यसैले बिक्री संख्या मात्रै सफलता मापन गर्ने मापदण्ड होइन ।
नेपाली उपभोक्ता नयाँ एक्सपेरिमेन्ट गर्न तयार देखिन्छन् । अहिले हाम्रो गाडी किन्ने उपभोक्ताहरूको उमेर समूह ३५ देखि ४५ वर्षको छ । उहाँहरू ब्राण्ड होइन, प्रोडक्टमा विश्वास गरिरहेको जस्तो लाग्छ । त्यसैले बजारमा कुनै पनि विद्युतीय कार मोडलको आयु १ देखि ३ वर्षमै सीमित भएको छ ।
अहिले बजारमा झण्डै ५ दर्जन ब्राण्ड छन् । केबल हाम्रो बजार १२ हजार युनिट हाराहारीको हो । त्यसमा हुन्डाई क्रेटा आफ्नो ठाँउमा अहिले पनि ठिकठाक बिक्री हुँदै आएको छ । बजार सर्भे गर्नुस् असन्तुष्ट ग्राहक भेट्नु हुन्न ।
हुन्डाईले पहिलो इलेक्ट्रीक मोडल कोना हुँदै आयोनिक फाइभ र क्रेटा ईभीसम्म ल्याउँदा सुरूमा राम्रो बिक्री पाउने र त्यसपछि ‘स्लो’ हुने गरेको देखिन्छ । किन त्यस्तो भयो ?
त्यसलाई पछि ‘स्लो’ भएको मान्नु हुँदैन । तपाईं बजारमा हेर्नुहोस् न अहिले पनि नयाँ प्रोडक्टमा ३/४ महिना मात्रै आकर्षण रहन्छ, अनि विस्तारै स्लो हुन्छ । सुरूमा कुर्ने उपभोक्ता हुन्छन्, पछि नियमित रूपमा आउने मात्रै हुने हो । त्यसैले यसमा अनौठो मान्नु पर्दैन । अन्य ब्राण्डको अवस्था पनि त्यही हो ।
हामीले दाबी गरेको पर्फमेन्स क्रेटा ईभीमा पाउँछन् । कोना होस् वा आयोनिक फाइभमा हामीले दाबी गरेको रेन्ज उपभोक्ताले पाएका छन् । सर्भिसमा कुनै सम्झौता छैन । त्यसैले हाम्रो गाडी निरन्तर उपभोक्ताको विश्वास पाउन सफल भएको हो ।
अहिले बजारमा ईभीको पार्ट्स महँगो छ । स्वाभाविक रूपमा ईभीको पार्ट्स महँगो नै मानिन्छ । अझ उत्पादकले राज्यबाट अनुदान पाएको कारण ईभीको मूल्य कम छ । नेपालमा सरकारले पेट्रोलको तुलनामा एकदम कम कर लगाएको कारण ईभीको मूल्य सस्तो भएको त हो ।
हाम्रो गाडीमा लाग्दै आएको ब्याट्री मेनेजमेन्ट सिस्टम (बीएमएस) निकै बलियो छ । त्यसकै सहायताले गाडीको पर्फमेन्स उत्कृष्ट भएको हो । त्यसकै कारण मूल्य पनि बढी तिर्नु परेको छ । हामी घरमा पकाउने साग नै किन्न जाँदा पनि कुन हेर्दा राम्रो र सस्तो छ भनेर चारवटा पसलमा खोज्छौं र छान्छौं । गाडी किन्दा त नहेर्ने कुरै भएन । तर, सागमा प्रयोग भएको विषदी त देखिँदैन नि । पछि असर गर्दा वा रोगै लागेपछि थाहा हुने हो । त्यसैले ब्राण्ड र उत्पादनको मूल्य तुलना गर्ने उपभोक्ता स्मार्ट हुन्छन् ।
ईभीको सर्भिसमा समस्या र पार्ट्स उपलब्धता कमजोर देखिएको छ । तपाईंहरूले क्रेटा लन्च गर्दा नै पार्ट्सको मूल्य सार्वजनिक गर्नुभएको थियो । अहिले पार्ट्स र सर्भिसको विषयमा तपाईंहरूको योजना के हो ?
हामी गाडी मात्रै बिक्री गर्दैर्नौं । हामी ‘पिस अफ माइन्ड’ पनि दिन्छौं । हामी चाहन्छौं कुनै पनि उपभोक्ताले गाडी किनेपछि त्यसमा आउने समस्या बिक्रेतामा ट्रान्सफर भएको महसुस गर्न सकोस् । अहिले हामी भारतमा बनेका धेरै गाडी बिक्री गर्छौं । भारतबाट पार्ट्स ल्याउन पनि सहज छ । छिटो आउने र मूल्यका हिसाबले पनि राम्रोमा पाउने अवस्था छ ।
अहिले बजारमा ईभीको पार्ट्स महँगो छ । स्वाभाविक रूपमा ईभीको पार्ट्स महँगो नै मानिन्छ । अझ उत्पादकले राज्यबाट अनुदान पाएको कारण ईभीको मूल्य कम छ । नेपालमा सरकारले पेट्रोलको तुलनामा एकदम कम कर लगाएको कारण ईभीको मूल्य सस्तो भएको त हो ।
नेपाल ल्याउने विषयमा २०२६ को पहिलो त्रैमासमा भेन्यू पेट्रोलमा ल्याउँछौं । त्यसपछि ह्याचब्याक ईभी लगायतका मोडलहरू नेपाल आउने छन् । हुन्डाई अल मोबिलिटी सोलुसनमा काम गर्दैछ । हाम्रो लागि पनि त्यही कुरा हो । सन् २०२६ हुन्डाईका लागि विशेष बन्नेछ ।
यहाँ त इन्ट्री कार किन्नेले धेरै र महँगा गाडी किन्नेले सस्तो पाउने अवस्था बनेको छ । हाम्रा नीति निर्माताले यसमा काम गर्न सकेका छैनन् । सर्भिसमा जनशक्तिको चरम अभाव छ । हामीले करोडौं रुपैयाँ सर्भिस म्यानपावर उत्पादन गर्न खर्च गरिरहेका छौं । अहिले एक जना सर्भिस भ्यानपावरको लागि मात्रै हुन्डाईले २० लाख रुपैयाँ वार्षिक खर्च गरिरहेको छ । यसमा अन्य ब्राण्ड र गाडी बिक्रेताले पनि काम गर्नु पर्ने अवस्था छ । अर्को कुरा दक्ष जनशक्ति पलायन डरलाग्दो छ ।
नेपाल ल्याउने विषयमा २०२६ को पहिलो त्रैमासमा भेन्यू पेट्रोलमा ल्याउँछौं । त्यसपछि ह्याचब्याक ईभी लगायतका मोडलहरू नेपाल आउने छन् । हुन्डाई अल मोबिलिटी सोलुसनमा काम गर्दैछ । हाम्रो लागि पनि त्यही कुरा हो । सन् २०२६ हुन्डाईका लागि विशेष बन्नेछ ।
जनशक्ति अभावकै कारण अहिले कुनै एउटा ईभीको सामान्य पार्ट्स बिग्रदा पूरै डिक्का नै परिवर्तन भइरहेको अवस्था छ । त्यसैले सबै कुरा मिलाएर विगत ७/८ वर्षदेखि हामी अगाडि बढिरहेका छौं । हाम्रोमा सर्भिसको कुनै ‘इस्यु’ नै छैन ।
तपाईंहरूलाई अर्को एउटा आरोप लाग्दै आएको छ । जहिल्यै हुन्डाईका गाडीको मूल्य धेरै हुन्छ भन्ने । यसमा तपाईंको भनाइ के छ ?
यो सरासर गलत हो । हामीले मूल्य धेरै राखेका होइनौं । हाम्रो गाडीको गुणस्तरको विषयमा कहिल्यै छलफल हुँदैन । सुरक्षाको लागि हुन्डाईले गरेको कामका विषयमा पनि छलफल हुनुपर्छ । हामीले दिने सेवाको विषय पनि मूल्यसँग जोडिन्छ नी । अझ ईभीमा रेन्ज, पर्फमेन्स जस्ता कुरामा कुनै सम्झौता भएका छैनन् ।
आयातकर्ता बाँचेको खण्डमा पो भोलिका दिनमा राम्रो सेवा पाइएला नि । उपभोक्ताले यस विषयमा पनि सोच्नु हुन्छ होला नि । विश्वका ठूला ब्राण्डले बनाउने औषत गाडी पनि मूल्यका हिसाबले माथि हुन सक्छ । यसलाई उपभोक्तालाई दिने सर्भिसमा सम्झौता नगर्नको लागि कम्पनी हेल्दी हुनुपर्छ । हामी मूल्यभन्दा सेवामा जोड दिन्छौं । यदि, उस्तै ब्राण्डका गाडीसँग तुलना गर्नुहुन्छ भने हाम्रो गाडीको मूल्य सस्तो लाग्छ ।
ईभीमा भविष्यको योजना के के छन् ? हुन्डाईले ईभीभन्दा पनि न्यू इनर्जीको बारेमा काम गर्दै आएको छ । अहिले ईभीको मूल्य राम्रो स्थानमा आइसकेको छ । ब्याट्रीको लागि आवश्यक कच्चा पदार्थ पनि प्रकृतिमै पाइने भएका कारण हाइब्रिड, हाइड्रोजन, ब्याट्री इलेक्ट्रीक जस्ता क्षेत्रमा हुन्डाईले काम गरिरहेको छ ।
नेपाल ल्याउने विषयमा २०२६ को पहिलो त्रैमासमा भेन्यू पेट्रोलमा ल्याउँछौं । त्यसपछि ह्याचब्याक ईभी लगायतका मोडलहरू नेपाल आउने छन् । हुन्डाई अल मोबिलिटी सोलुसनमा काम गर्दैछ । हाम्रो लागि पनि त्यही कुरा हो । सन् २०२६ हुन्डाईका लागि विशेष बन्नेछ ।

