सुजुकीले बढायो भी-स्ट्रोम २५० मोटरसाइकलको मूल्य, कति पुग्यो ?

काठमाडौं । सुजुकीको भी-स्ट्रोम २५० मोटरसाइकलको मूल्य एकैपटक १०  हजार रुपैयाँ बढ्ने भएको छ ।

नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता  भीजी अटोमोबाइल कम्पनीले मसिंर १५ गतेदेखि लागू हुने गरी भी-स्ट्रोम मोटरसाइकलमा १० हजार रुपैयाँ मूल्य बढाउने भएको हो ।

सुरूमा ७ लाख रुपैयाँ मूल्य तोकेर नेपाली बजारमा प्रवेश गरेको सुजुकी भी-स्ट्रोम नेपालमै एसेम्बल हुन थालेपछि १ लाख रुपैयाँ सस्तिएको थियो ।  त्यसपछि मोटरसाइकलको मूल्य ६ लाख रुपैयाँ कायम भएको थियो ।

१ लाख मूल्य घटाएको लामो समयपछि कम्पनीले मोटरसाइकलमा १० हजार रुपैयाँ बढाउन लागेको हो । भी-स्ट्रोम २५० को नयाँ मूल्य ६ लाख १० हजार रुपैयाँ पुग्ने भएको छ ।

यस्तो छ भी-स्ट्रोम २५०

भी-स्ट्रोम २५० डबल पर्पस एडभेन्चर डिजाइनमा छ । यो भी-स्ट्रोम ६५० मोडलबाट प्रभावित भएर बनाइएको मोटरसाइकल हो । सुजुकी भी-स्ट्रोम सिरिज ग्लोबल मार्केटमै निकै लोकप्रिय मानिने एडभेन्चर मोटरसाइकल हो ।

यसमा २४८ सीसीको फोर स्ट्रोक, सिंगल सिलिन्टर, आयल कुल्ड, एसओसीएच, एफआई इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम २६.।५ पीएसको पावर तथा २२.२ एनएक पिक टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ६ स्पीडको गियरबक्स छ ।

भी-स्ट्रोम २५० मा अगाडि टेलिस्कोपिक र पछाडि स्वीङ आर्म सस्पेन्सनसेटअप, १७ इन्च अलोय ह्वील, राउन्ड हेडल्याम्प, पूरा एलईडी लाइट, डबल डिस्कब्रेक, एबीएस, साइड स्ट्याण्ड सेन्सर, फ्रन्ट विन्डसिल्ड, डिजिटल कन्सोल जस्ता फिचरहरू छन्।


Back_to_top