काठमाडौं । चिनियाँ ब्राण्ड चांगानको न्यू इनर्जी ब्राण्ड दीपलले थाइल्याण्डमा उत्पादन गरेको एस-०५ एसयूभी काठमाडौं आइपुगेको छ । कम्पनीले केही दिन अगाडि तीन भेरियन्टको मूल्य प्रकाशित गरेको थियो ।

एमएडब्लू वृद्धि अटोकर्पले प्रकाशित गरेको एस-०५ को तीन भेरियन्टको खुद्रा बिक्री मूल्यमा निम्न अनुसारको थियो । लाइट भेरियन्टको ६२ लाख ९९ हजार, प्लस भेरियन्टको ६५ लाख ९९ हजार र म्याक्स भेरियन्टको ६७ लाख ९९ हजार रुपैयाँ अधिकतम खुद्रा बिक्री मूल्य तोकिएको हो ।
दीपल एस-०५ मा ९९ किलोवाट पीकपावर भएको इलेक्ट्रीक मोटरमा आएको हो । कम्पनीले अहिले प्रकाशित गरेको मूल्य भन्सार प्रयोजनको लागि हो । त्यसैले बजारमा आउँदा मूल्य भने फरक हुन सक्नेछ ।
आगामी भदौ ३ गतेबाट आयोजना हुने दीपल एस-०५ यस वर्ष बजारमा आउन लागेको बहु प्रतिक्षित मध्यको एक मोडल हो ।


