बजेटको असर ३ लाखले बढ्यो दिपल एस०७ को मूल्य

काठमाडाैं ।  आर्थिक वर्ष २०८१ ८२ को बजेटले व्यवस्था गरे अनुसार इलेक्ट्रीक भेहिकलमा हाराहारी १० प्रतिशत भंसार दर बढेको छ । बजेट अगाडीनै कतिपय कम्पनीहरुले मनग्य संख्यामा इभी आयात गरिसकेका कारण तत्काल मूल्यमा बृद्धि नहुने अनुमान गरिउको छ । तर कम संख्या मात्र स्टकमा रहेको कम्पनीले भने नयाँ बढेको मूल्य सार्वजनिक गर्न थालेका छन् ।

पछिल्लो समयमा इभीमा हटकेकको रुपमा बिक्री भईरहेको दिपल एस०७ को नयाँ मूल्य सार्वजनिक भएको छ । बजेट अगाडी ७१.९९ लाखमा बिक्री भईरहेको दिपलको इभीको मूल्य ३ लाखले बढेर अब भने ७४.९९ लाख हुने भएको छ । नेपालका लागि चांगान तथा दिपलको आधिकारीक वितरक एमएडब्लु मोटर क्रपले नयाँ मूल्यको घोषणा गरेको हो । कम्पनी स्रोतका अनुसार १० प्रतिशत भन्दा धेरै भन्सार दर बढेता पनि कम्पनीले ५ प्रतिशत भन्दा कम दरमा मूल्य बृद्धि गरेको हो ।

आकर्षक डिजाइन तथा अत्याधुनिक फिचरमा उपलब्द रहेको दिपल एस०७ मा ९९ किलोवाट पिक पावरको इलेक्ट्रीक मोटर रहेको छ । नयाँ भन्सार दर अनुसार ५१ देखि १०० किलोवाट मोटर भएको इभीमा भंसार र अन्तसूल्य ५ /५ प्रतिशतले बढेको हो । नयाँ दर अनुसार यो सेग्मेन्टमा भंसार २० प्रतिशत र अन्तशूल्क १५ प्रतिशत रहेको छ ।


Back_to_top