काठमाडौं । ललितपुर–चन्द्रागिरी हेरिटेज मोटर र्याली सम्पन्न भएको छ । विश्व वातावरण दिवसको अवसरमा नेपाल मोटर स्पोर्टस् एण्ड रोड सेफ्टी फेडेरेसनद्वारा आयोजित र्याली शनिबार सम्पन्न भएको हो ।
उक्त र्यालीको पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सदस्य शिशिर खनालले फ्ल्याग अफ गरेका थिए ।
धोबीघाट सुरु भएको र्याली जाउलाखेल–थापाथली–त्रिपुरेश्वर–न्युरोड–जुद्धसालिक–ठमेल–बालाजु–स्वयम्भू–बल्खु–कीर्तिपुर–भत्केपाटी–मच्छेगाउ हुँदै मातातीर्थ पुगेर सम्पन्न भएको थियो ।
टीडीएस सिस्टमको सो मोटर र्यालीमा विप्लक श्रेष्ठ र राजन गिरी पहिलो, प्रवेश पौडेल र प्रज्वल पौडेल दोस्रो र आशिष भारती र गौरवमान तुलाधारको जोडी तेस्रो भए ।

मोटर र्याली पछि नेसनल अटोक्रस च्याम्पियनसिप समेत भएको थियो । चन्द्रागिरीकै मदन भण्डारी खेलमैदानमा भएको नेसनल अटोक्रस च्याम्पियनसिपमा मोटरस्पोर्ट्सका रेसिङ लाइसेन्स प्राप्त ड्राइभर्सहरूले आफ्नो स्पीड र स्किल प्रर्दशन गरेका थिए ।
५०० मिटर लम्बाई र ८ मिटर चौडाइमा तयार गरेको अस्थायी ट्रयाकमा ११ जना ड्राइभरलाई पछि पार्दै आशिष भारती नेसनल क्याटेगोरीमा प्रथम भएका थिए । चन्द्रागिरीकै विप्लक श्रेष्ठले दोस्रो स्थान पक्का गरे भने सोही ट्रर्याकमा भएको नोभिस क्याटेगोरीको रेसिङ्गमा लाक्पा सोनम शेर्पा पहिलो र राजकुमार कार्की दोस्रो भए ।

उक्त तीनवटै विधाका विजयी र सहभागीलाई चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, एफआइए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, नासा नेपाल र आयोजक क्लब एनएमएसआरका पदाधिकारीहरूले सिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।

